आर.आर. चौलागाईंहाइकुको एक बथान
सत्ता
ढेडुको हात
नरिवलको गट्टा
के मतलब ।
नेता
चेली हरण
मञ्चमा प्रवचन
नारी कल्याण ।
कवि
चुल्हो तातेन
कविता लेखिसकेँ
पेट भरियो ।
परिचय
मुखमा पान
हमारा हिन्दुस्तान
जय नेपाल ।
प्रेम विवाह
छोरी भागिछ
ठुलो गुन लगाई
पैसा जोगियो ।
आजका बुद्धिजीवी
चिया पसल
बुज्रुकहरूको अड्डा
बृहत् योजना ।
हेटौडा, मकवानपुर
Subscribe
Login
0 Comments
Oldest






































