साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फुलमन्त्री

Nepal Telecom ad

इन्जिनमा गडबडी आएको उड्दै गरेको प्लेन जस्तै देशको अर्थतन्त्र सुरुरुरु…ओरालो लाग्दै थियो । प्लेनका प्यासेन्जर आत्तिए जस्तै जनता अत्यास मान्दै थिए । व्हिस्कीमा झ्वाम् भएका अल्लारेहरू गुरुत्वले तान्दै गरेको प्लेनभित्र हाहा र होहो गरेर रल्लिएझैं देश हाँक्नेहरू मस्त रमाइरहेका थिए ।

“चोरै चोरका खन्तीहरू, भुइँचालो गएको यत्रो समय भैसक्दा पनि त्रिपाल र जस्तामुनि कठ्याङ्रिएका जनता चैं मरुन् कि बाँचुन् मतलब छैन, सधैं झगडा गर्दै ठिक्क छ, आफ्नो सुबिधा भने एकमत भएर….!” एकाबिहानै श्रीमती बर्बराएको सुनेर किशोरको निद्रा खुल्यो । पुसको शनिबारे बिहान, अबेरसम्म सुतौंला भन्ने थियो उसलाई ।

“सबेरै सबेरै के भो शिलुमैयाँ, किन जर्जराएकी ?” आँखा मिच्दै सोध्यो किशोरले ।
“यी हेर्नु नि यहीँ !” हेडलाइन देखाउँदै फ्यात्त सिरकमाथि पत्रिका फालिन् शिलुले । “उच्चपदस्थ ब्यक्तिहरूले आजीवन सुबिधा पाउने सम्बन्धी विधेयक संसदबाट सर्वसम्मत स्वीकृत” लेखिएको थियो जसमा त्यस्ता पूर्व पदाधिकारीहरूले आजीवन भत्ता, आवास सुविधा, गाडी र इन्धन सुविधा, सुरक्षा तथा सहयोगी सुविधा र अन्य थुप्रै सुविधाहरू उल्लेख थिए ।

श्रीमानले खबर पढुन्जेल पनि शिलुको रिस मरेको थिएन । थुप्रै गालीहरू गर्न भ्याइन् ।
“साँच्चै नराम्रै भयो त शिलु ?” किशोरले ठट्टाको पारामा सोधे ।
“नराम्रो मात्र हो र, पातकी हुन् तिनीहरू !”

मुसुक्क मुस्कुरायो किशोर र फेरि प्रश्न थप्यो “म कति बर्षको भएँ भन त ?”
“ह्या…तपाईं पनि !” असान्दर्भिक प्रश्न लागेर झर्को मानिन् शिलाले ।
“हेर शिला, म छपन्नको भएँ । दुई बर्षपछि रिटायर हुन्छु । अफिसमा कति बर्षसम्म युनियन चलाएँ तिमीलाई थाहै छ । पार्टीमा मेरो कति बोलवाला छ तिमी बुझ्दछ्यौ । जागिर सकिएपछि त्यत्तिकै बसिंदो हो त ?..हेर, सहायक– राज्य केही खाइँदैन, फुलमन्त्री पक्का हो । के यस्तो बेढङ्गको कुरा गरेकी ? बरू भोज ख्वाउन !“

लोग्नेको कुराले शिला झल्ल्याँस्स भइन्, पत्रिका फेरि तानिन् र पढ्न थालिन् ।
एकछिनपछि छोरीलाई कराईन् “एई नानी, क्यालकुलेटर ले ले !”

२०७२ पुस २
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x