साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सम्माननीय सुविधा

Nepal Telecom ad

सरकारले पूर्वविशिष्टहरूलाई केही सुविधा दिने प्रस्ताव ल्याएछ । यो प्रस्ताव ल्याउनु अति जरुरी थियो र उपयुक्त समयमा ल्याएको पनि छ । एकातिर भूकम्पपीडितहरूका नाममा देशविदेशबाट सहयोग आएर थुप्रिएको छ, अर्का्तिर हडताल र नाकाबन्दीले विकास निर्माणका काम ठप्प भएर बजेट फ्रिज भइरहेको छ । राज्यको ढुकुटीमा पैसैपैसा छ । त्यो पैसाको केही अंशबाट विशिष्टहरूलाई अंश दिनु एकदमै उपयुक्त छ । विशिष्टहरूलाई सरकारले केही अर्ब बराबरको सम्मान गर्न खोज्दा विरोध गर्नेहरू अशिष्टहरू हुन् । सरकारले केही गरेन भन्नेहरूलाई गतिलो एउटा काम गरेर देखाएको छ सरकारले । सरकारलाई धन्यवाद छ ।

विशिष्टहरूलाई दिने एक वर्षको सुविधाले कुन्नि कति मेगावाटको बिजुली निस्कन्छ भन्ने हावादारी हिसाब पनि गरेछन् कतिपयले । युगौँदेखि हामीलाई अन्धकारमा बस्दा भयो, विशिष्टहरूकै सुविधा काटेर बिजुली निकाल्नुपर्ने कुरा कहाँबाट आयो ? फेरि, विशिष्टहरूलाई लोडसेडिङसँग के मतलब ! बिजुली माग्ने भनेका त सर्वसाधारण जनता हुन् । यी जनता भनाउँदालाई जति दिए पनि कहिल्यै पुग्ने होइन क्यारे !

आज पहिरोले घर पुर्यो भनेर सरकारले २ हजार ५ सय दिन्छ, भोलि बाढी पस्यो भन्दै आउँछन् । भोलि बाढीपीडितलाई पाँच हजारका दरले दियो, पर्सि भुइँचालोले सिध्यायो भन्दै आउँछन् । तिनीहरूलाई १० हजार दियो, निकोपर्सि नाकाबन्दीले चुलो बलेन भन्दै आउँछन् । दाउरा दियो, बन्चरो खोइ भन्छन् । विशिष्टहरूलाई एकपल्ट मनग्गे दिनूस्, पाँच वर्षसम्म बोल्दैनन् । त्यसैले उहाँहरूलाई सुविधा दिन कुनै द्विविधामा पर्नु हुँदैन ।

विशिष्टज्यूहरूलाई तुरुन्ता तुरुन्ती ती सुविधा दिने प्रस्ताव पास गरिहाल्नुपर्ने अर्को पनि कारण छ । राजनीतिले चिथोरेर छियाछिया भएको देश, त्यहीँमाथि भूकम्प र नाकाबन्दीले जर्जर छ । अर्थतन्त्र ओरालो लागेर देश रसातलतिर पुग्ने खतरा छ । साँच्चिकै देश डुबेर टाट नै भइहाल्यो भने सम्माननीयज्यूहरूको भविष्य चौपट हुँदैन ? कुन मुख लिएर आफ्नो पुरानो घरमा फर्किनु ? कुन मुख लिएर आफ्नो निजी गाडीमा चढ्नु ? त्यसैले आफ्ना हातमा डाडुपुन्यू, कसौँडी, थाल, हर्पे, चम्चा सबैथोक भएका बेला झ्याप्पै पारेपछि पारेको पारेकै हुन्छ, लजाउनु हुँदैन सरकार !

विशिष्टज्यूहरूको प्रस्तावित सचिवालय पनि अलि बढाउनुपर्छ । शाखा अधिकृत, नासु, पियन, भान्सेले मात्र पुग्दैन । बुढेसकालतिर लागेका उहाँहरूलाई जीउ मालिस गर्ने, तेल लगाइदिने, नङ काटिदिने, लुगा फेराइदिने, नुहाइदिने, छाता ओडाउने, जुत्ता लगाइदिने, दिसापिसाब लैजाने अनेक कर्मचारी चाहिन्छ । जीवनभरि विशिष्टज्यूहरूको योगदानले मुलुकलाई विकासको यो चरणमा र्पुयाएको छ, उहाँहरूलाई अलिअलि सुविधा दिएजस्तो गरेर अलपत्र पार्न पाइँदैन, सम्पूर्ण सुविधा दिनुपर्छ भन्ने हामी जनताको माग छ । हाम्रो चिन्ता गर्नु पर्दैन सरकार ! हामी जनता भनेका भोक, रोग, वर्षा, हिउँ, बाढी, पहिरो, खडेरी इत्यादि अनेक विपत्तिहरू सहने बानी भएको जात । विशिष्टहरूको तन पो साह्रै कोमल हुन्छ ।

सुविधासम्पन्न सरकारी महलमा बसेका बिचरा उहाँहरूलाई एकैचोटि आफ्नो साँघुरो पुरानो घरमा सर्नुपर्यो भने निस्सासिएर ज्यानै जान के बेर ! त्यसरी कुनै सम्माननीयज्यूको ज्यान गयो भने संसारमा हाम्रो देशको कत्रो बदनामी होला । जनता नाथे त जाडोले कठ्याङ्ग्रिँदैमा मर्दा पनि मर्दैनन्, मरे पनि सरकारको बदनामी हुँदैन । त्यसैले मुलुकको पहिलो प्राथमिकता विशिष्टहरूको सेवा नै हो, यसैमा सरकारको सम्पूर्ण ध्यान जाओस् । आगे सरकारको जो विचार !

नेपाल, पुस ९, २०७२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x