साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कलियुग हो साथी कलियुग

Nepal Telecom ad

कलियुग हो साथी कलियुग
यहाँ
नदेखेको कुरा देख्न सकिन्छ
नलेखेको कुरा लेख्न सकिन्छ
यहाँ रामकी सीतालाई अब
रावणले होइन
लक्ष्मणले उडाउन सक्छ
द्रुपती पनि कौरबसँग लागेर
पान्डवलाई धुलाउन सक्छ ।

कलियुग हो साथी कलियुग
यहाँ
बाजेले नातिनी हरण गरेको देख्न सकिन्छ
छोराले आमाको मरण गरेको देख्न सकिन्छ
यहाँ
बुहारी जेठाजुसँग हिंडेको
सासु बुहारीसँग भिडेको देख्न सकिन्छ ।

कलियुग हो साथी कलियुग
यहाँ
तिम्रो घर अग्लिँदा
तिम्रो छिमेकी रुन सक्छ
साझ बिहान आउने साथी
तिम्रो सत्रु पनि हुन सक्छ ।

कलियुग हो साथी कलियुग
यहाँ
तिमीले खाने भोजन बिष हुनसक्छ
बाहिर प्रशंसा गर्नेको भित्र रिश हुनसक्छ ।

कलियुग हो साथी कलियुग
यहाँ
कालोलाई पनि सेतो लेख्न सकिन्छ
राममा रावणता रावणमा रामता देख्न सकिन्छ
यहाँ मन लाग्यो भने
छोरोले बाआमालाई सडकमा फाल्न सक्छ
बरु घरमा कुकुर पाल्न सक्छ ।

कलियुग हो साथी कलियुग
यहाँ
कालीयुग लागेपछि
बजारमा कलियुग छ
सरकारमा कलियुग छ
एकमा होइन दुईमा होइन
यहाँ हजारमा कलियुग छ ।

दाङ, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x