बद्रीप्रसाद दाहाल ‘भस्मासुर’सरस्वती मातामा उजुर
कालो व्यापार चम्क्यो, मुलुकभर अहो, शारदा होस राख
च्याउ झै उम्रिएका, कतिपय पसले, गर्न थाले मजाक ।
शिक्षा व्यापार बन्दै, गरिप छपछपी, मार हान्छन् कसाही
साहूकै छर्छरीले, युगयुग मुलुकै, गर्दछन् रे रजाइ ।
पैसा नै मान अग्लो, भुवन–जनभरी शान सम्मान सग्लो
पैसाले किन्छ नीति, भुवन थितिबिति, चल्न थाल्यो अनौठो ।
चोके सामन्त जस्ता, कुरुप रुप भये, आजका पाठशाला
साहूकै पुत्र–पुत्री, बुध–जन गनिने, दीन मै चाबी–ताला ।
धादिङ
Subscribe
Login
0 Comments
Oldest







































