सुलसुलेआरम्भको ६४ औँ शृङ्खला
आरम्भ साहित्य मन्चले आफ्नो ६४औ कवि गोष्ठी सफलतापूर्वक सम्पन्न गरेको छ । गजल सम्राट ज्ञानु वाकर प्रमुख अतिथि रहनु भएको सो कार्यक्रममा विशेष अतिथि वरिष्ठ व्यङ्ग्य कवि चट्याङ मास्टर र समीक्षक काली प्रसाद पोखरेलको उपस्थिति रहेको थियो ।
कार्यक्रममा ज्ञानुवाकर, चट्याङ मास्टर, प्रेम ओली ढकलपुरे, जीवराज बुढाथोकी, पुण्य आचार्य, रिचा, केरा अर्याल, दामोदर नेपाल, भवानी कुवर केसी, प्रभाकर पाण्डे, त्रिपुरा पौडेल, गोपाल नेपाल, बामदेव शर्मा, रोहित कार्की, रुद्र अधिकारी, रामकृष्ण शर्मा, उर्मिला पन्त, कुसुम शर्मा, शरद डिसी, दुर्गा बनबासी, श्रीराम राई, जनार्दन अधिकारी धड्कन, नरनारायण बत्स, सुदेश सत्याल, रस्मी रिमाल लगायत दुई दर्जन भन्दा स्रष्टाहरूले गीत, गजल, मुक्तक र कबिताहरू सुनाएका थिए ।
प्रेम ओलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सञ्चारकर्मी शशी शर्मा मजगैयाले सञ्चालन गरेका थिए ।
Subscribe
Login
0 Comments
Oldest












































