साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पात्तिएका पाडाहरू

Nepal Telecom ad

कालो प्यार बोकेर
अत्यन्त तीखा सिङहरूमा
म्वाई खान्छन् पाडाहरू
आजका मान्छे जस्तै ।

आँखा फुक्लेला जस्तो
रातो आँसु पोखिएला जस्तो
पाडाहरू आक्रामक छन्
तरबारधारी युवा जस्तो ।

उपेक्षा गरेर हरियो घाँस
निधार जुदाउँदै छन्
पात्तिएका पाडाहरू
कुरकुरे बैसले छोएका
उरन्ठेउला मान्छे जस्तो ।

खुरले खोस्रिएर धर्ति
सान देखाउँछन् पाड़ाहरू
बिर्सिएर महिष माताको
असीम पुत्रपीडालाई ।

मान्छे खोज्दै खोज्दै म
टाढा टाढा हेर्दैछु
कतै देख्दिन यहाँ
सायद आफैभित्र
खोज्नु छ मैले अब
आँखा झिकेर यस्ता
पार्टी जस्तै जुधी रहने
पाडाहरूबाट ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

कृष्णदेव रिमाल
गणतन्त्रका देवता

गणतन्त्रका देवता

कृष्णदेव रिमाल
आऊ अब विवेकी युद्ध गरौँ

आऊ अब विवेकी युद्ध...

कृष्णदेव रिमाल
भन न तिमी कहिले फर्कने ?

भन न तिमी कहिले...

कृष्णदेव रिमाल
शहीद पसल

शहीद पसल

कृष्णदेव रिमाल
बेहोशीमा बाँदरलाई

बेहोशीमा बाँदरलाई

कृष्णदेव रिमाल
सिंहको हुङ्कार

सिंहको हुङ्कार

डा. हरिकुमार श्रेष्ठ ‘शिखर’
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x