साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छेपाराको घर

Nepal Telecom ad

छेपारो दिनभर आहाराको खोजिमा भौंतारिन्छ
जब थकाईले लखतरान हुन्छ
तब साँझपख आराम गर्न बास खोज्छ
अनि मात्र उसलाई घरको सम्झना आउँछ
तर उसको घर नहुँदा दुखित हुन्छ
चकमन्न साँझ परेपछि कराउन थालेका
झ्याउँकीरीको विरक्त लाग्दो स्वर
भ्यागुताहरूको टरर्।…टर्र…टर्र…आवाज
र श्यालहरूको एकोहोरो क्रन्दन
सुनेर छेपारो आहत हुन्छ
अनि ऊ आफैसँग प्रण गर्छ
भोलि त घर बनाउँछु बनाउँछु
अनि आफैलाई ढाढस दिन्छ
मेरो पनि भोलि त घर हुन्छ ।

छेपारो घर बनाउने कल्पना गर्दागर्दै
दिनभरको थकाईले भुसुक्क निदाउँछ
र रातभर घर बनाएको सपना देख्छ ।

जब झलमल्ल उज्यालो हुन्छ
छेपारो फेरि आहाराको खोजीमा दौडिन्छ
र अघिल्लो साँझ गरेको प्रण भुसुक्क भुल्छ
घर बनाउने कुरा उसको मनबाट
साँझपख हराएको रुखको छायाजस्तै हुन्छ ।

हिजोआज म गाउँ–घर र शहर बजारमा
अनगिन्ती छेपाराहरू देख्छु
जो सधैं घर बनाउने कसम खान्छन् ।

छेपाराहरूको जुलुस
सधैंजसो झण्डा ठडाएर
सधैंजसो ठूलाठूला तुल बोकेर
नारा लगाउँदै
सडक गल्ली र चोकचोकमा हिँडिरहेका हुन्छन् ।

छेपाराहरू कालो मोटरमा
कालै शिसाले छेकिएर
सिंहदरवार भित्र–वाहिर आवत–जावत गरेको भेटिन्छ
खुलामञ्चमा भाषण गरेको पनि देखिन्छ
यस प्रकार हिजोआज म
जहाँतहीँ छेपाराहरू मात्र देख्छु
कहिलेकाहीँ म स्वयम् तिनीहरूको भीडमा
च्यापिएर हिँडिरहेको हुन्छु
र तिनीहरूको भीडभित्र हराइरहेको हुन्छु ।

सत्य भन्नुपर्दा यथार्थमा
छेपारो पीडित छु म ।

हिजो साँझ हो
मैले छेपाराहरूको यौटा ठूलै झुण्डलाई
विशाल भवनको मूलढोका अगािड
घर बनाउने मुद्धामा झगडा गरिरहेको देखें
तर महाशय
यो कुरा पक्का छ
छेपारोले कहिले घर बनाउँदैन
ऊ प्रत्येक साँझ
भोलि घर बनाउने किरिया मात्र खान्छ ।

टीकाथली– ५, ललितपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
धनुषटङ्कार

धनुषटङ्कार

दिव्य गिरी
परिचय

परिचय

दिव्य गिरी
भ्यूटावर

भ्यूटावर

दिव्य गिरी
भोलि

भोलि

दिव्य गिरी
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x