वासुदेव पाण्डेयमूर्ख स्वाँठ हामी
केही कमी भएमा त्यै वस्तु हुन्छ दामी
‘पार्टी’ भए प्रशंसा ‘हल्ला’ गरेर नामी
आफ्नै भलो, मपाईँ,चाहन्छ आत्मश्लाघा
छैनन् यहाँ कसैमा सोचाइ दूरगामी
इच्छा पुरा हुँदैनन् आघात, त्रास, चिन्ता
जान्छन् मनुष्य सारा आफ्नै यहाँ मलामी
पर्खाल सर्प नाङ्लो भित्ता समान हात्ती
भन्ने विवेचना भो रे वस्तु मात्र छामी
‘तिम्रो त काग आई कानै लगेछ’ भन्दा
कौवा लखेट्न थाल्ने छौकक मूर्ख स्वाँठ हामी
सुर्खेत
Subscribe
Login
0 Comments
Oldest






































