साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तर खै जोई मिलेनन् किन ?

Nepal Telecom ad

ब्याहा गर्नुपरो भनेर हिँडियो तातो जवानी हुँदै
केटी छान्न जताततै दुगुरियो आफैँ फलाको दिँदै
भेटेका फलफूल भात हलुवा खाजा चिया छोडिन
हात्ती झैं म त सप्रिएँ तर प्रभो ! ढोई मिलेनन् किन ?

जस्तो बुद्धि भए पनि अघि सरी बाठै कुरा गर्दथेँ
खोक्रो जीवन पूर्ण, पूर्ण गफमा सुन्ने म नङ्गाउँथेँ
भाडाका कपडा धुजा बनिसके मान्छे नराम्रो थि’न
यौटा पोइ त योग्य नै छु नि प्रभो ! जोई मिलेनन् किन ?

फाट्यो बाइक कोट, तिर्नु कसरी जुत्ता त थाङ्नै भए
यो मोबाइल बिग्रियो म त फसेँ झन्झन् रिणैमा परेँ
बाँकी गर्न थिएन ढोँग रचना जाबो तरुनी लिन
कोही हेर्न छुटेन तै पनि प्रभो ? कोही मिलेनन् किन ?

एक्लै जीवन व्यर्थ बित्छ कि प्रभो ! विन्ती गरेँ लड्डुले
ध्वाँसी होस् बरु दोष दिन्न म प्रभो ! भेटेन यो गद्दुले
अर्को साल त पर्खनै कठिन भो, गाह्रो भो काट्नै दिन
पक्कै पोइ त बन्छु लाग्छ तर खै जोई मिलेनन् किन ?

पाँचथर, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x