सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हात्ती आयो…..?!

Nepal Telecom ad

कोही दक्षिण छन् र उत्तर कुनै, छन् पश्चगामी पनि  height=
कस्तो यो विपरीत जोड ? कसरी सत्ता चलाऊन् यिनी ? {{read_more}}
न्यायाधीश र राजदूत दलकै छानिन्छ बन्डा गरी
आफ्नो राष्ट्रिय स्वाभिमान, गरिमा राख्लान् यिनी के गरी ?
(१)

यौटा भन्दछ एकथोक, त्यसको उल्टो अरू भन्दछन् 
बाझिन्छन् जब स्वार्थ मित्रहरू नै दुश्शीलझैं बन्दछन् 
सत्ताकै चलखेलमा रुमलिई बिर्सिन्छ राम्रा कुरा 
त्याग्दै बुद्धि(विवेक हेर कसरी सुर्किन्छ ऊ पाखुरा !
(२)

केही गर्छु भनेर जो अघि बढे पाखातिरै पारिए 
जोबाटै खतरा भयो बल गरी पन्छ्याइए, मारिए 
देखिन्नन् तर भित्र(भित्र धमिरा खाई रहेछन् गुभो 
स्वार्थी, शण्डहरू रहेर कसरी यो देश लाग्ला उँभो ?
(३)

’ठूलो बुज्रुक मै’ भनेर कसरी कुर्लिन्छ नेता यहाँ 
कस्का पाउतिरै झुकेर उसले राख्दैछ फेटा कहाँ ?
कोही विश्वसनीय छैन कसको गर्ने भरोसा पनि ? 
गर्छन् दुश्मन अङ्कमाल यिनको आत्मीय जस्तै बनी !
(४)

कोही शक्ति प्रदर्शनी गरिकनै तोड्दैछ यो एकता 
कोही बेच्न तयार छन् सहज नै यो राष्ट्रको अस्मिता 
छन् छ्द्मी कति बाहिरी मुलुकका गर्छन् दलाली यहाँ 
निम्त्याए सबले मिलेर कसरी सङ्कष्ट यो देशमा !
(५)

आगो लागिरहेछ देशभरि नै, मर्दैछ मान्छे पनि 
को आएर निभाउला र जनको उद्धार गर्ला भनी 
हेर्दैछन् बिचरा गरीब जनता आशामुखी नै बनी 
झन् झन् हालत बिग्रँदैछ उनको नेता बने झन् धनी ! 
(६)
दाङ
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
प्रभो ! फेरि जन्म होस् त नेपालमै होस्

प्रभो ! फेरि जन्म...

उत्तमकृष्ण मजगैयाँ
धरोधर्म हजुर !

धरोधर्म हजुर !

उत्तमकृष्ण मजगैयाँ
म ठूलो !

म ठूलो !

उत्तमकृष्ण मजगैयाँ
कवि ‘विद्रोही’ : एक परिचय

कवि ‘विद्रोही’ : एक...

उत्तमकृष्ण मजगैयाँ
श्वान-हनुमान लीला !

श्वान-हनुमान लीला !

उत्तमकृष्ण मजगैयाँ
ट्याब्लेटको मान्छे

ट्याब्लेटको मान्छे

उत्तमकृष्ण मजगैयाँ
धरोधर्म गर्छु (२३)

धरोधर्म गर्छु (२३)

डिल्लीप्रसाद मूलतिहुन
पानीमाथिका सपनाहरू

पानीमाथिका सपनाहरू

केशव ज्ञवाली ‘आगत’
बेताल छ

बेताल छ

प्रकाश अर्याल ख
कौडी जिन्दगी

कौडी जिन्दगी

पुन्य कार्की
चञ्चल मन

चञ्चल मन

विष्णुहरि पाैडेल
गुमनाम

गुमनाम

सुशील रिजाल