साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हात्ती आयो…..?!

Nepal Telecom ad

कोही दक्षिण छन् र उत्तर कुनै, छन् पश्चगामी पनि  height=
कस्तो यो विपरीत जोड ? कसरी सत्ता चलाऊन् यिनी ? {{read_more}}
न्यायाधीश र राजदूत दलकै छानिन्छ बन्डा गरी
आफ्नो राष्ट्रिय स्वाभिमान, गरिमा राख्लान् यिनी के गरी ?
(१)

यौटा भन्दछ एकथोक, त्यसको उल्टो अरू भन्दछन् 
बाझिन्छन् जब स्वार्थ मित्रहरू नै दुश्शीलझैं बन्दछन् 
सत्ताकै चलखेलमा रुमलिई बिर्सिन्छ राम्रा कुरा 
त्याग्दै बुद्धि(विवेक हेर कसरी सुर्किन्छ ऊ पाखुरा !
(२)

केही गर्छु भनेर जो अघि बढे पाखातिरै पारिए 
जोबाटै खतरा भयो बल गरी पन्छ्याइए, मारिए 
देखिन्नन् तर भित्र(भित्र धमिरा खाई रहेछन् गुभो 
स्वार्थी, शण्डहरू रहेर कसरी यो देश लाग्ला उँभो ?
(३)

’ठूलो बुज्रुक मै’ भनेर कसरी कुर्लिन्छ नेता यहाँ 
कस्का पाउतिरै झुकेर उसले राख्दैछ फेटा कहाँ ?
कोही विश्वसनीय छैन कसको गर्ने भरोसा पनि ? 
गर्छन् दुश्मन अङ्कमाल यिनको आत्मीय जस्तै बनी !
(४)

कोही शक्ति प्रदर्शनी गरिकनै तोड्दैछ यो एकता 
कोही बेच्न तयार छन् सहज नै यो राष्ट्रको अस्मिता 
छन् छ्द्मी कति बाहिरी मुलुकका गर्छन् दलाली यहाँ 
निम्त्याए सबले मिलेर कसरी सङ्कष्ट यो देशमा !
(५)

आगो लागिरहेछ देशभरि नै, मर्दैछ मान्छे पनि 
को आएर निभाउला र जनको उद्धार गर्ला भनी 
हेर्दैछन् बिचरा गरीब जनता आशामुखी नै बनी 
झन् झन् हालत बिग्रँदैछ उनको नेता बने झन् धनी ! 
(६)
दाङ
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
मुखियाको पद खाली छ

मुखियाको पद खाली छ

उत्तमकृष्ण मजगैयाँ
चक्रव्यूह !

चक्रव्यूह !

उत्तमकृष्ण मजगैयाँ
चुनाव आउँदै छ हजुर !

चुनाव आउँदै छ हजुर...

उत्तमकृष्ण मजगैयाँ
घुर्की

घुर्की

उत्तमकृष्ण मजगैयाँ
हास्य पात्र !

हास्य पात्र !

उत्तमकृष्ण मजगैयाँ
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x