साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शहर र मान्छेहरू

Nepal Telecom ad

 height=यत्ति राम्रो शहरलाई
मान्छेहरूले कुरूप बनाए । {{read_more}}

चुरोट सल्कायो
बट्टा फुत्त सडकमा फाल्यो
चुरोट तान्यो
अनि ठुटो पनि फुत्त त्यहीँ फाल्यो
चिया सुर्क्यायो
गिलास फुत्त सडकमा फाल्यो
सुर्ती चपायो
अनि प्लास्टिक पनि फुत्त त्यहीँ फाल्यो
चटपटे खायो
कागज फुत्त सडकमा फाल्यो
चाउचाउ खायो
अनि खोल पनि फुत्त त्यहीँ फाल्यो
पान खायो
थुक्क गरेर जताततै थुक फाल्यो
खैनी खायो
अनि बट्टा पनि मनपर्दी फुत्त फाल्यो
यत्ति राम्रो शहरलाई
मान्छेहरूले कुरूप बनाए ।

खाजा खायो
प्लेट फुत्त सडकमा फाल्यो
पानी घुड्क्यायो
अनि बोतल पनि फुत्त त्यहीँ फाल्यो
चकलेट खायो
खोल फुत्त सडकमा फाल्यो
भुजा खायो
अनि थुङ्गा पनि फुत्त त्यहीँ फाल्यो
सुन्तला छोडायो
बोक्रा फुत्त सडकमा फाल्यो
पानीपुरी खायो
अनि दुना पनि फुत्त त्यहीँ फाल्यो
यत्ति सुन्दर देशलाई
मान्छहरूले कुरूप बनाए ।

हामी एक दिन
चुरोटका बट्टा
चियाका गिलास
सुर्तीका प्लास्टिक
चाउचाउ र चकलेटका खोल
चटपटेका कागज
खैनीका बट्टा
खाजाका प्लेट
बोतलका डङ्गुर
भुजाका थुङ्गा
सुन्तलाका बोक्रा
र पानीपुरीका दुनाले
घाँटीसम्म पुरिने छौँ
र “गुहार ! गुहार !!” भनेर बेस्करी चिच्च्याउने छौँ
साँच्चै त्यतिबेला हामीलाई बचाउन को आउँछ होला ?

२०७६ फागुन १
काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिंहदरबारको पानी

सिंहदरबारको पानी

आर.आर. चौलागाईं
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
माया

माया

आर.आर. चौलागाईं
माथिको आदेश

माथिको आदेश

आर.आर. चौलागाईं
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x