साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अभियान

Nepal Telecom ad

 height=ऊ बेस्सरी सकसमा पर्यो । पिसाब थैली नै फुट्ला जस्तोगरि पिसाबले च्यापिरहेको थियो । {{read_more}} गाउँमा ऊ खुला दिशामुक्त अभियानको अभियन्ता हो । उसकै नेतृत्वमा गाऊँका थुप्रै टोलहरुलाई खुला दिशामुक्त घोषणा गराए वापत थुप्रै सङ्घ संस्थाबाट पुरस्कृत र सम्मानित भइसकेको थियो । तर यतिबेला उ नौलो सहरमा थियो, जुन सहरमा उसका परिचित कोही पनि थिएनन् ।

गुगल सर्च गरेर हेर्यो । सार्वजनिक शौचालय तीन किलोमिटर दूरीमा रहेछ । ट्याक्सी लिएर जाऊँ कि एकमनले सोंच्यो ।
नजिक कुनै होटल भए त अर्को मनले सोँच्यो ।

यताउति हेर्यो । अलिपर दुइघरको बीचमा केही खाली भाग देख्यो । उ सरासर त्यहीँ पुग्यो । साँच्चैको खोंच परेको घडेरी रहेछ त्यो ।
“यहाँ दिशा पिसाव गर्न सख्त मनाही छ” ठूला अक्षरमा लेखिएको सूचना पढ्यो ।

आखिर पिसाब गर्ने गरिएकै ठाउँ त रहेछ यो । नत्र यो सूचना किन जारी गर्नु पर्थ्याे ? उसको मनले अथ्र्यायो ।

“थुइया, लाज पचेको, नकचरो, कुकुर” शुचीकर्मकै क्रममा यस्तै थुप्रै गाली गलोज सुन्यो र पनि ऊ रोकिएन ।
घर फर्केपछि उसले आफूले पाएका सबै सम्मानपत्र र प्रशंसापत्र च्यातच्युत पार्यो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x