साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सम्वाद हिमालसँग

Nepal Telecom ad

एकदिन हिमालले पहाडसँग सोध्यो–
किन तिम्रो अनुहारमा रगतका टाटाहरू छन्
किन तिम्रो छातीभरि आलोघाउका खाटाहरू छन्
किन तिम्रो आकाशमा कालो धुवाँ मात्र उडेको छ
किन तिम्रो आँगनमा खरानीको थुप्रो मात्र उठेको छ

हिमालको प्रश्न सुनेर पहाडले भन्यो–
तिमीले देखेका रगतका टाटाहरू मेरै सन्तानका हुन्
तिमीले देखेका आलोघाउका खाटाहरू
मेरा आफन्तले मेरै छातीमा पड्काएका
बम र बारुदका निसान हुन्
मेरो आकाशमा उडिरहेको कालो धुवाँ
मेरै सन्तानको अहंकार र अहम्को मुस्लो हो
मेरो आँगनमा थुप्रिएको खरानी
मेरै छोराछोरीको अवशेष हो
यतिखेर मान्छेले मान्छेकै अस्तित्वमाथि धावा बोलेको छ
यतिवेला मानवता धरापमा परेको छ
मान्छेले दया धर्म र मावनतालाई चटक्क बिसे्रर
पाप अधर्म र हिंसाको पछि दौडेको छ
अपहरण हत्या र आतङ्क
यौटा चटकेको खेल जस्तो भएको छ
मान्छेले मान्छलाई नै मार्नु ख्यालख्याल भएको छ
खोई कसले कसलाई अपराध नगर भन्न सकेको छ
खोई कसले कसलाई कर्तव्यको पाठ पढाउन सकेको छ
संसार आतङ्कमय बनेको छ
संसार मानवताविहीन भएको छ

ए हिमाल !
तिमी धेरै अग्लो छौ
मभन्दा धेरै माथि छौ
तिमी तल हेर
समथल र हरिया फाँटहरूमा हेर
त्यहाँ तिम्रै छाती पग्लेर बगेका असङ्ख्य खोलाहरूमा पनि
अहिले रगत मिसिएको पानी बगेको छ
अहिले आँसु मिसिएको पानी बगेको छ
ती समथल हरिया फाँटहरू पनि
म जत्तिकै दुखित पीडित र प्रताडित छन्
म जत्तिकै आतंकित र असुरक्षित छन्

ए हिमाल ! सुन
म यतिवेला
रगत मिसिएको पानीले मुख धुन सक्दिन
रगत मिसिएको पानीले घाउ पखाल्न सक्दिन
र म आँसु मिसिएको पानी प्यून पनि सक्दिन ।

ललितपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नशा

नशा

लोक सुब्बा
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
वैदेशिक रोजगार

वैदेशिक रोजगार

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x