साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ज्ञवालीका एकैपटक दश कृति

Nepal Telecom ad

काठमाडौं, फागुन २९/डा.रामप्रसाद ज्ञवालीका दशवटा समालोचनात्मक कृतिहरू एकै लोकार्पण गरिएको छ ।
ज्ञवालीद्वारा रचना गरिएको राष्ट्रिय गीत प्रस्तुत गरी आरम्भ भएको समारोहको आयोजक संस्था जनमत बाङ्मय प्रतिष्ठान बनेपाका अध्यक्ष मोहन दुवालले गर्नुभएको थियो । समारोहमा नेपाली साहित्यका शिखर व्यक्तिहरूको उपस्थिती थियो । कमल दीक्षित, डा. माधव प्रसाद पोखरेल, निनु चापागाई, अमर गिरी, प्रदीप नेपाल, राजेन्द्र सुवेदी, कृष्ण धरावासी, हेमचन्द्र नेपाल, ज्ञानु पाण्डे, मित्रलालाल पंज्ञानी, कृष्ण ज्ञवाली, प्रकाश थापा, रोशनकृष्ण न्योछे आदि मञ्चासिन हुनुहुन्थ्यो । स्रष्ठा सर्जकहरूको खचाखच उपस्थितिमा उहाँहरूले दशवटा कृतिको सामुहिक लोकार्पण गर्नुभएको हो ।
एकैपटक एकै स्रष्टाका दशवटा कृति लोकार्पण भएको यो दुर्लभ साहित्यिक घटना पनि हो । त्यसै भनिएको थियो ऐतिहासिक समारोह । लोकार्पित दश कृतिहरू थिए क्रमशः फरक समालोचना, कविता समालोचना, खण्डकाव्य समालोचना, नेपाली महाकाव्यमा वर्गीयता र वर्गद्वन्द्व, परिचय समालोचना, निबन्ध समालोचना, उपन्यास समालोचना, भूमिका समालोचना र सम्पादकीय तथा अन्य समालोचना ।
कृति लोकार्पण अगाडि रामप्रसाद ज्ञवालीको व्यक्तित्वबारे मन्तव्य दिनुभएको थियो स्रष्टा एवम् प्रगतिशील लेखकसङ्घका महासचिव मित्रलाल पंज्ञानीले । प्रकाशकहरूका तर्फबाट प्रकाश थापाले र रेयुकाइका तर्फबाट रोशनकृष्ण न्योछेले शुभकामना मन्तव्य दिनुभएपछि कमल दीक्षितले आफ्नो मन्तव्यकाका क्रममा २० वर्ष अघिदेखिको ज्ञवालीसंगको परिचय स्मरण गर्नुभएको थियो ।
समारोहमा ज्ञवालीप्रतिको काव्यिक अभिव्यक्ति सुललित कवितामा सुदेश सत्यालले प्रस्तुत गर्नु भएको थियो । सो अवसरमा ज्ञवालीको समालोचक र कवि व्यक्तित्वका बारेमा आधा दर्जन महानुभवहरूले आआफ्ना धारणा र विचार अभिव्यक्त गर्नु भएको थियो । यसरी विचार अभिव्यक्त गर्ने वक्ताहरूमा स्रष्टा एवम् द्रष्टा ज्ञानु पाण्डे र समालोचक व्यक्तित्व हेमतन्द्र नेपालले ज्ञावालीको समालोचकीय मूल्याङ्कन गर्नु भयो ।
स्रष्टा कृष्ण धरावासी र कृष्ण ज्ञवालीको बधाइ र शुभकामना पछि निनु चापागाईले ज्ञवालीको समालोनासम्बन्धी मूलभूत प्रवृतिको चर्चा गर्दै केही विशेषता उल्लेख गर्नुभयो । त्यसै गरी प्रगतिशील लेखक सङ्घका अध्यक्ष अमर गिरीले पनि ज्ञवालीको समालेचकीय दृष्टिका बारेमा बताउनु भएको थियो । अर्का आख्यानकार कृष्ण धरावासीले पनि मन्तव्य दिनुभएको थियो ।
लोकार्पित दशवटा कृतिका स्रष्टा रामप्रसाद ज्ञवालीले लेखकीय मन्तव्यका क्रममा लेखनकर्मप्रति आफ्ना धारणाहरू व्यक्त गर्नुभएको थियो ।
समारोहमा जनार्दन अधिकारीले धन्यवाद ज्ञापन गर्नुभयो भने मोहन दुवालले आफ्नो औपचारिक मन्तव्य सहित सभा विर्सन गर्नु भएको थियो । कार्यक्रमलाई निकै रोचक तबरले सिस्नुपानी नेपालका महासचिव टङ्क आचार्यले सञ्चालन गर्नुभएको थियो ।
नेपाली साहित्यको पछिल्लो चरणमा एउटा अद्भूत किसिमको विशेषता र क्षमताका साथ देखा पर्नुभएका स्रष्टा हुनुहुन्छ रामप्रसाद ज्ञवाली । ज्ञवाली प्राध्यापन गर्नु हुन्छ, साहित्यिक सिर्जना कर्ममा क्रियाशील हुनुहुन्छ । छन्दमा कविता काव्य र महाकाव्य प्रकाशित छन् उहाँका, दर्जनौं कृतिहरूमा भूमिका लेख्नुभएको छ । राजधानी र मोफसलका साहित्यिक जमघटहरूमा बाक्लै पुग्ने गर्नुहुन्छ ।

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x