साइबर अपराध सम्बन्धी सचेतना सामग्री

होली

Nepal Telecom ad

 

उनी बार्दलीमा उभिएर बाहिर हेर्दै थिए । जताततै होलीको उमड्ड देखिन्थ्यो । श्रीमतीले भनिन्– फ्रिजमा मासु रै’नछ । तरकारी पनि सकिएछ । आज त झन् होली, मासु नभई भएन । …
अराउन–पठाउनका लागि कोही थिएन । उनी आफैँ तयार भए । फेरि रोकिए– कसैले छेप्ने हुन् कि । कसैले रङ दलिदिने पो हुन् कि । अनुशासन कसैमा छैन । अनि फेरि सोचे– कसको हिम्मत ! कसैले छेपे–दले भने जान्या छु नि मैले पनि !
वास्तवमा मानिसहरू उनीसित डराउँथे । धक मान्थे किनकि उनी धाक देखाउँथे । सधैँ त गाडीबाट आउँथे । गाडीबाट जान्थे । आज होली । ठाउँ ठाउँमा डोरीले बाटो छेकेर पैसा माग्छन् । उनले सोचे र पैदलै निक्ले ।
देखे, जताततै होलीको धुमधाम छ । मान्छे रड्गीन । मान्छेको मन रड्गीन । बाटामा रङ । दुकानमा रङ । टाउकामा रङ । मुखमा रङ । कतै मादलको पकधुम ! कतै जोगिरा सररर … । उमड्गै उमड्ग । रड्गै रङ । उनी बाहेक कोही चोखो छैन ।
उनी पसलसम्म पुगे । सामान किने । पैसा बुझाए र फर्के । अचम्म ! कसैले उनलाई छेपेन । कसैले उनलाई रङ लगाएन । उनले सारै बेमजा महसुस गरे ।
उनलाई बडो दुख लाग्यो कि यस्तो होलीमा पनि कसैले छेपेन । कसैले रङ लगाइदिएन । कसैले वास्तै गरेन ।
घर पुग्ने बित्तिकै एकाएक उनले श्रीमतीलाई रङ पोतिदिए । श्रीमतीले पनि उनलाई त्यसैगरी रङ पोतिदिइन् । अनि उनी रङ बोकेर निक्ले र भेटे जतिलाई रातो, पहेँलो, नीलो, हरियो, सेतो रङ पोत्न थाले– बुरा नमानो होली है !
-०-
होली २०७०
शुभकामनाका साथ !!

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कविजी

कविजी

डा. कपिल लामिछाने
सावित्री

सावित्री

डा. कपिल लामिछाने
जेनजीको छाता

जेनजीको छाता

डा. कपिल लामिछाने
समर्थनकाे ‘बदनाम आँचल’ : हास्य र व्यङ्ग्यको पुरिया

समर्थनकाे ‘बदनाम आँचल’ :...

डा. कपिल लामिछाने
डम्बर घिमिरे : मुक्तक, हास्य र व्यङ्ग्यको त्रिवेणी

डम्बर घिमिरे : मुक्तक,...

डा. कपिल लामिछाने
दाँत

दाँत

डा. कपिल लामिछाने
तालु

तालु

ईश्वर पाेखरेल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
नाक

नाक

ईश्वर पाेखरेल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x