सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

होली

Nepal Telecom ad

 

उनी बार्दलीमा उभिएर बाहिर हेर्दै थिए । जताततै होलीको उमड्ड देखिन्थ्यो । श्रीमतीले भनिन्– फ्रिजमा मासु रै’नछ । तरकारी पनि सकिएछ । आज त झन् होली, मासु नभई भएन । …
अराउन–पठाउनका लागि कोही थिएन । उनी आफैँ तयार भए । फेरि रोकिए– कसैले छेप्ने हुन् कि । कसैले रङ दलिदिने पो हुन् कि । अनुशासन कसैमा छैन । अनि फेरि सोचे– कसको हिम्मत ! कसैले छेपे–दले भने जान्या छु नि मैले पनि !
वास्तवमा मानिसहरू उनीसित डराउँथे । धक मान्थे किनकि उनी धाक देखाउँथे । सधैँ त गाडीबाट आउँथे । गाडीबाट जान्थे । आज होली । ठाउँ ठाउँमा डोरीले बाटो छेकेर पैसा माग्छन् । उनले सोचे र पैदलै निक्ले ।
देखे, जताततै होलीको धुमधाम छ । मान्छे रड्गीन । मान्छेको मन रड्गीन । बाटामा रङ । दुकानमा रङ । टाउकामा रङ । मुखमा रङ । कतै मादलको पकधुम ! कतै जोगिरा सररर … । उमड्गै उमड्ग । रड्गै रङ । उनी बाहेक कोही चोखो छैन ।
उनी पसलसम्म पुगे । सामान किने । पैसा बुझाए र फर्के । अचम्म ! कसैले उनलाई छेपेन । कसैले उनलाई रङ लगाएन । उनले सारै बेमजा महसुस गरे ।
उनलाई बडो दुख लाग्यो कि यस्तो होलीमा पनि कसैले छेपेन । कसैले रङ लगाइदिएन । कसैले वास्तै गरेन ।
घर पुग्ने बित्तिकै एकाएक उनले श्रीमतीलाई रङ पोतिदिए । श्रीमतीले पनि उनलाई त्यसैगरी रङ पोतिदिइन् । अनि उनी रङ बोकेर निक्ले र भेटे जतिलाई रातो, पहेँलो, नीलो, हरियो, सेतो रङ पोत्न थाले– बुरा नमानो होली है !
-०-
होली २०७०
शुभकामनाका साथ !!

 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad