साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँचवटा खित्का

Nepal Telecom ad

१.
सासूले जोगाएर मात्रै

धेरैदिनदेखि बालकुमारीकी बुहारीको पेट खराब भइरहेको थियो । जति औषधी गरे पनि पार पाइरहेकी थिइनन् । पहिलोपटक पाहुना बनी आएका आफन्त सन्तबीरलाई खाजा दिन बुहारी निहुरेकी मात्रै के थिइन्, अपनवायु वेगले पड्क्यो । बुहारीलाई के गरौँ कसो गरौँ, के भन्ने होला भन्ने मनमा छट्पटी र अप्ठ्यारो भइरहेको बेलामा सासूले बल्ल मलाई पेट सन्चो भयो भनेर कुरा बनाइछिन् । सासूले आफूलाई जोगाई दिएकोमा बुहारी दङ्ग परिन्, मनमनै धन्यबाद दिइन् ।

२.
मैले जिल खाएँ

मैले तीनवटा कोठा भाडामा दिएँ । बस्दै गर्दा तिनीहरूका लवाई, खवाई, हिँडाई, सुताई र रूपरङ्ग हेर्दा के के नमिलेको जस्तो भान मलाई भयो । एकदिन बिहानै मैले तिनीहरूलाई भेट्दै भनेँ-
मास्टरी काम गर्छौं भनेको भएर तपाईंलाई कोठा दिएँ, यहाँ त मास्टरको जस्तो व्यवहार त देखिएन नि !
उनीहरू मध्येका एकजना टाठोले भन्यो- सर ! हामी मास्टर त मास्टरै हौ, तर स्कूलको मास्टर चाहिँ होइनौ, हामी त रेष्टुरेन्टको मास्टर पो त ! यिनीहरू चाहिँ नर्तकी । हामीले सही सलामत कुरा बताउँदा खेरी कसैले पनि कोठा भाडामा दिएनन् । त्यसैले यो नाटक गर्नु परेको हो भनेर पोल खोले । उनीहरूको कुराले म त जिल खाएँ ।

३.
चुप ! चुप !

मेरी श्रीमतीको बानी- उसलाई मन नपर्ने भएपछि जे पनि दिएर पठाइहाल्ने । अरू अरू सामान दिउन्जेलसम्म त म चुपो लागेर बसें । उसले मलाई विदेशबाट ल्याइदिएको एकदमै मनपर्ने कपडाको जुत्ता थियोे । मर्निङवाक जान जुत्ता खोज्छु त भेटिन । श्रीमतीलाई सोधेको त खोज्नु पर्दैन बूढा ! पलंका पुगिसक्यो भनेर पो जवाफ दिइन् । त्यसपछि मैले श्रीमतीसँग रिसाउँदै भनेँ- म पनि बूढो भएँ, कुन दिन मलाई पनि त्यस्तै गरि फ्याँक्न बेर छैनौ । श्रीमतीले मेरो कुरालाई समाउँदै भनिन्- अगि फोहोर लिन आएको बेलामा भन्नु पर्दैन त ! तैँ चुप मै चुप ।

४.
सुका मोहर साहुबा

एकताका म आँबुखैरेनीमा मास्के साहुबाको घरमा डेरा बस्न पुगेँ । मैले एकदिन साहुबालाई सोधेँ- तपाईं सधै उहीँ सुका मोहर त हो नि भन्नुहुन्छ, किन हो ? साहुबाले हातमा हजार हजारको नोट खेलाउँदै, हाँस्दै भन्नुभयो- यी हेर्नुस् त क्यासियरसाब ! आफ्नो त व्यापारै सुका मोहरको त हो नि !

मैले अचम्म मान्दै भनँे- त्यहाँ त हजार हजारको छ नि ! साहुबाले मेरो मुख थुन्दै भने- चोरले सुन्ला, चुप चुप चुप ! साहुबाको कुटनीतिक कुरा सुनेर मैले भनेँ- सुका मोहर भन्छ, हजार हजार गन्छ ! के हो के हो !

५.
अनुहारको करामत

एकाबिहानै तरकारी किन्न चाबहिल बजारमा गएँ । बाटोमा खुद्रे पसल थापेर बस्नेहरूकहाँ पुगेँ । दुईटी नेवार्नी महिलाहरू तरकारी बेच्न बसेका थिए । मेरो रूपरङ्ग देख्ने बित्तिकै मैले सुन्ने गरि ती महिलाहरूले नेवारीमा भन्दै थिए- खेंचा आयो, यसलाई महंगोमा तरकारी बेच्नु पर्छ है ! मैले तिनीहरूका कुरो बुझिहालेँ । मेरो पालो तरकारी किन्न मोलमोलाई गर्न थालेँ । उनीहरू घटाएर दिने पक्षमा थिएनन् । त्यही मौका छोपेर मैले नेवारीमा बोल्दै तिनीहरूले अघि भनेको कुरा सुनाइदिएँ । सस्तोमा दिन्छौ कि हल्ला गरिदिउँ ! नेवार्नीहरू लौ मार्‍यो ! खेंचा भनेको त खाँट्टी नेवार पो परेछ भन्दै हडबडाएर मलाई सित्तैमा तरकारी दिएर पठाए ।

०००
चाबहिल, सरस्वतीनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तालुखुइले

तालुखुइले

माणिकरत्न शाक्य
साडेसातको दशा

साडेसातको दशा

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
चार अवतार

चार अवतार

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
तीन टुक्रे कविता

तीन टुक्रे कविता

माणिकरत्न शाक्य
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चुनावी खित्कौली

चुनावी खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x