साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घुमाउने कुर्सी

उद्योग कारखाना बेची सिध्याउनेलाई नेताभै देश खोक्रो पारि रित्याउनेलाई भन्दिनु भन्दिनु है भाग वण्डा खाली छन् नेता जाली छन् ।

Nepal Telecom ad

विश्वनाथ ढुङ्गेल :

माथि माथि संसदमा
कुर्सी घुमाउनेलाई
जनताको ढाड सेकाइ
आफू रमाउनेलाई
भन्दिनु भन्दिनु है
हाम्रा दिल खाली छन्
नेता जाली छन् ।

पाखा र पर्वतमा
रेल कुदाउनेलाई
केही भन्न सकिन्न
जेल उडाउनेलाई
भन्दिनु भन्दिनु है
हाम्रा माग खाली छन्
नेता जाली छन् ।

उद्योग कारखाना
बेची सिध्याउनेलाई
नेताभै देश खोक्रो
पारि रित्याउनेलाई
भन्दिनु भन्दिनु है
भाग वण्डा खाली छन्
नेता जाली छन् ।

हुँदैन भलो अन्तै
मन जोड्नेलाई
जनताका मन रुवाई
वाचा तोड्नेलाई ।
भन्दिनु भन्दिनु है
हाम्रा थाल खाली छन्
नेता जाली छन् ।

०००
भक्तपुर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढ्याईं सङ्घर्ष

बुढ्याईं सङ्घर्ष

विश्वनाथ ढुङ्गेल
आमा (१)

आमा (१)

विश्वनाथ ढुङ्गेल
गर्छाैं पुकार

गर्छाैं पुकार

विश्वनाथ ढुङ्गेल
बुढेस कालमा रमाएर

बुढेस कालमा रमाएर

विश्वनाथ ढुङ्गेल
फलैंचाकाे बास !

फलैंचाकाे बास !

विश्वनाथ ढुङ्गेल
पापकाे भारी

पापकाे भारी

विश्वनाथ ढुङ्गेल
जय कुर्सी देवा !

जय कुर्सी देवा !

नन्दलाल आचार्य
कुर्सी-शरणम् गच्छामि

कुर्सी-शरणम् गच्छामि

नन्दलाल आचार्य
मौसमी भमरा र जनताको आँगन

मौसमी भमरा र जनताको...

नन्दलाल आचार्य
बेहालको जात्रैमात्र

बेहालको जात्रैमात्र

अशोककुमार शिवा
जहाँ छन् गिद्धका आँखा

जहाँ छन् गिद्धका आँखा

डा. बमबहादुर जिताली
राष्ट्रिय गीत

राष्ट्रिय गीत

होम सुवेदी
0
Would love your thoughts, please comment.x
()
x