साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साँढेहरू दाइँमा पो दाएछन्

विश्वास गर्नु भुल रैछ धोका पाउनै पर्न भो के को गाउँथे शान्ति गीत मृत्यू गान गाएछन् ।

Nepal Telecom ad

देश बोक्लान् भनेको त मलामी पो भएछन्
वैद्य डाक्न पठाको झन् घाटतिर गएछन्

घ्याम्पा जत्रा तिन्का भुँडी के हालेर भर्ने खै
लाज छोप्ने आफ्नै बस्त्र च्याती च्याती खाएछन्

गिद्ध जस्ता तिन्का दृष्टि जताततै पुर्दारान्
राजनीतिको सिनो खोज्दै उतैतिर धाएछन्

विश्वास गर्नु भुल रैछ धोका पाउनै पर्न भो
के को गाउँथे शान्ति गीत मृत्यू गान गाएछन्

ठिंगुराएर राख्नु पर्ने चिडियाखाना मै
हाम्लाई कुबुद्धि लागेर यिन्ले मुक्ति पाएछन्

के गरेर थुन्ने होला यिनलाई काञ्जीहाउसमा
जनताको बाली नास्न डुक्रदै पो आएछन्

तल्लाघरे कान्छादाइ अलिक आँटी परेछन्
तह लगाइ साँढेहरू दाइँमा पो दाएछन् ।

गौरादह- ४, भापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भागिसकेको साँढे

भागिसकेको साँढे

प्रशान्त खरेल
चम्चाहरूदेखि सावधान

चम्चाहरूदेखि सावधान

प्रशान्त खरेल
मुस्कानको भाषा

मुस्कानको भाषा

प्रशान्त खरेल
यो शहरमा ?

यो शहरमा ?

प्रशान्त खरेल
समाजवादी ठिटो

समाजवादी ठिटो

प्रशान्त खरेल
जय सियारामजी कि

जय सियारामजी कि

प्रशान्त खरेल
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x