साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आए जस्तो भयो 

अरू आउनु तिमी आउनु फरक रहेछ धेरै साक्षात् ‘दुर्गा’ जस्केलामा आए जस्तो भयो ।

Nepal Telecom ad

दुर्गाप्रसाद ग्वालटारे :

साँच्चै भनूँ यो मनले चाहे जस्तो भयो
तिमी आयौ बल्ल दशैँ आए जस्तो भयो ।

धुम्मिएको आकाश बनी कत्ति बस्यो चित्त
आज चट्ट पानस बत्ती बाले जस्तो भयो ।

टोलाएर धौलागिरी हेर्थ्यो डाँडा पारी
फेवासँगै माछापुछ्रे हाँसेजस्तो भयो ।

उमङ्गले घुम्यो संसार, तिम्रो आगमनले
लठ्ठ परी सूर-तालमा माते जस्तो भयो ।

अरू आउनु तिमी आउनु फरक रहेछ धेरै
साक्षात् ‘दुर्गा’ जस्केलामा आए जस्तो भयो ।

०००
१९ अक्टोबर २०८०
मेलवर्न, अस्ट्रेलिया ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
0
Would love your thoughts, please comment.x
()
x