साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो परिचय

कुरा खाँटी हो नाथे सिसि फुटेज के नै ठूलो भो । राम्रो बानीले भोट दियौ तिमीले खाँयौं हामीले ।

Nepal Telecom ad

रोल्पा घर हो
नाम धन आर्जन
(ल)डाकु थरको ।

अर्थ मन्त्री हुँ
आफ्नै खल्ती बलियो
बनाउँदै छु ।

सर्वहाराको
गर्न पर्छ उत्थान
मेरै नारा हो ।

खान्थेँ पातमा
धन्न साँचो सुम्पियौ
मेरो हातमा ।

लाएँ चप्पल
जितेँ तिम्रो विश्वास
ठान्यौ अब्बल ।

भयो कि पत्ता ?
बिरुद्धमा उभिने
पारेँ बेपत्ता ।

उठ्यो नजर
पारेकै हो सखाप
सत्र हजार ।

कुरा खाँटी हो
नाथे सिसि फुटेज
के नै ठूलो भो ।

राम्रो बानीले
भोट दियौ तिमीले
खाँयौं हामीले ।

कुरा बुझ यो
आन्दोलन गरेको
मन्त्री हुन हो ।

पेट ठूलो छ
जति कोच्यो भरिन्न
तल दुलो छ ।

दरिद्री नै छु
जति धनी भए नि
सर्वहारा हुँ ।

बनेर खसी
तिमी रोप पसिना
खान्छु म बसी ।

मन्त्री भएर
बिर्सें आफ्नो संकल्प
माथि गएर ।

सिसि छुटाएँ
मैले गल्ती के गरेँ
कर घटाएँ ।

करमा छुट
गरिदिएँ बनाएँ
बलियो गुट ।

डोरी बटार्यौ
छानबिन गरेर
के नै लछार्यौ ।

मेरो कलम
गर्छ गान धनकै
लाल सलाम ।

०००
कपन, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुसेलीमा भानु सम्झना

सुसेलीमा भानु सम्झना

दुर्गा भमरकोटे
सुसेलीमा दसैँ

सुसेलीमा दसैँ

दुर्गा भमरकोटे
आफ्नै कथा: सुसेलीमा

आफ्नै कथा: सुसेलीमा

दुर्गा भमरकोटे
बाङ्गा तीज सुसेली

बाङ्गा तीज सुसेली

दुर्गा भमरकोटे
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x