साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्ध हुन् स्वच्छ ह्यूँचुली !!

न कामका कतै टण्टा न दास छ अफिसको । न चाकरी कतै वेत लौरीझैँ बदमासको ! न उन्माद भरी तात्छन् दिमाखका कुनै नसा । वृद्ध बेला छ जम्मै यो शीत शान्त मनोदशा !!

Nepal Telecom ad

न कामवासना हुन्छन् न राग यौनका कतै
न स्वार्थ सूत्र डोरिन्छन् न छन् लालसमा कतै !
न पाउ हिँड्न नै सक्छन् अधर्मका उठी पर
वृद्धबेला छ ह्यूँजस्तै चुली विचार सुन्दर !!

न लोभ राल जिब्रामा न छन् सञ्चयका घर
न क्रोधका चली ज्वाला जल्दछन् अरुका घर !
न छली छलका जाँता घुम्दछन् दिलका घर
वृद्धबेला अहा ! कस्तो ह्यूँचुली अझ सुन्दर !!

न कामका कतै टण्टा न दास छ अफिसको
न चाकरी कतै वेत लौरीझैँ बदमासको !
विश्वासको यता ब्रह्म निस्केको छ मनोजग
सममा समसौन्दर्य ह्यूँचुली वृद्ध जग्मग !!

तराजु न्यायका सोझा जे हो त्यो बोल हिम्मत
बोल्दै समाजमा हुन्छ साँच्चै अमृत अमृत !
न पाऊँ लालसा हुन्छन् गुमेमा बन्छ सुन्दर
वृद्ध बेला सफा साँच्चै साँच्चै यो छ मनोहर !!

जन्मदा मोहका भारी हुन्छन् खराबका जन
धोई फाली पखालेर बेला यो बन्छ कञ्चन !
कला भए अझै अग्लो अग्लने बन्छ ह्यूँचुली
वृद्ध बेला सबै सामु पग्लने बन्छ यो चुली !!

चुलीभन्दा अझै माथि मनको चम्कने फुली
न पर्छ गफले ढाँड्नु गाउँ छिमेकमा डुली !
न उन्माद भरी तात्छन् दिमाखका कुनै नसा
वृद्ध बेला छ जम्मै यो शीत शान्त मनोदशा !!

ढिँडो नरमको चट्ट खायो गुन्द्रुकको रस
नाङ्गै बसे यता हुन्छ कोठामै गरी उठ्बस !
न वस्त्रको कुनै सोख जिब्रो रहन्न स्वादमा
न लेनदेन झञ्झा छन् अङ्कगणित म्यादमा !!

चञ्चले हठ छन् बाल्य हुन्न त्यो रहने पल
किशोर दूर आक्रोश रहने हुन्न क्यै छल !
न पत्नी प्यारकी लट्ठी न परिवार स्वार्थका
ऋषिकुँजन संसार सारा अर्थ समर्थका !!

स्वच्छ सागरझैँ छल्का मन छल्छल छल्छल
जम्मै शीतलको आड अपार पार पल्पल !
विचार समको ज्वार तरङ्गी मन निर्मल
जहाँ छन् वृद्धका आँखा स्थल ती अझ झल्मल !!

०००
काठमाडौ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कुरूप हुन्न सुन्दर !!

कुरूप हुन्न सुन्दर !!

कलानिधि दाहाल
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
शून्यजस्तै उज्यालो कटेरो

शून्यजस्तै उज्यालो कटेरो

लालबाबु शर्मा पोखरेल
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
मोती हाम्रा …

मोती हाम्रा …

पदम दाहाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

इन्द्रनारायण सुवेदी
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
आमालाई पाइँन

आमालाई पाइँन

भावना न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x