साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छ थान ठाेक्तक

संसदमा नेताजीले कैले के के बाेले बाेल्न हुने कुरा बाेले नहुने नि बाेले दुनियाले थाहा पायाे हिसाव राखियाे माैका पर्दा त्यहि घाँडाे हुने गरि बाेले।

Nepal Telecom ad

मुक्तिनाथ शर्मा न्याैपाने

१.
टाउकै काट्न खाेज्ने पैले मित्र भाछ ऐले
मनमा भने आशंका छ धाेका दिन्छ कैले
ढुक्क भई काम गर्न बस्न पाइएकाे छैन
भाेक निद्रा चयन छैन दु:ख पाछु मैले ।

२.
याैटा गाेरु तारे जुरे अर्काे झाले माले
बारी जाेत्न भनी नारे भाइ खनियाले
याैटा एकातिर ढल्क्याे अर्काे अर्कैतिर
गाेरु जात्रा हेर्ने भयाे अब दुनियाले ।

३.
संसदमा नेताजीले कैले के के बाेले
बाेल्न हुने कुरा बाेले नहुने नि बाेले
दुनियाले थाहा पायाे हिसाव राखियाे
माैका पर्दा त्यहि घाँडाे हुने गरि बाेले।

४.
गाउँबाट मलाई याैटा खवर आकाे छ
गाउँ गाउँ जस्ताे छैन सुन्सान् छाकाे छ
हुर्किएका छाेरा छाेरी बिदेशमा धाउँदा
यतातिर बुढाबुढी मात्र भएकाे छ ।

५.
कस्ले गर्ने खेतीपाती समाज सेवा कस्ले
मर्दापर्दा साथ दिने हारगुहार कस्ले
गाउँ गाउँ जतातता अवस्था छ यस्तै
सरकार निरीह छ यता हेर्ने कस्ले ।

६.
युवाशक्ति स्वदेशमै धान्न सके हुन्थ्याे
छाना नाना काम दिन मान्न सके हुन्थ्याे
यतातिर ध्यान दिन सकिएकाे छैन
बुद्धिजीवी बाेलिदिए समाजले सुन्थ्याे ।

०००
नयाँ वानेश्वर, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
झ काे झटाराे

झ काे झटाराे

मुक्तिनाथ शर्मा
तीन ठाेक्तक

तीन ठाेक्तक

मुक्तिनाथ शर्मा
मिश्रमामाकी नकचरी

मिश्रमामाकी नकचरी

मुक्तिनाथ शर्मा
यौटा केटाको बिहे

यौटा केटाको बिहे

मुक्तिनाथ शर्मा
मिश्रमामाकाे चिन्ता

मिश्रमामाकाे चिन्ता

मुक्तिनाथ शर्मा
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
0
Would love your thoughts, please comment.x
()
x