साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भानुजयन्तीको सन्दर्भमा आयोजित कविता वाचन

भानुजयन्तीको सन्दर्भमा आयोजित कविता वाचन कार्यक्रममा चितवन तथा नवलपुर क्षेत्रका कवि तथा कवयित्रीहरूले आ-आफ्ना कविता वाचन गर्नुभएको थियो ।

Nepal Telecom ad

गैंडाकोट, नवलपरासी, ०८० साउन २३ । धार्मिक सेवा समिति मौलाकालिका मन्दिर गैंडाकोटको आयोजनामा संचालन गरिएको २१० औं भानुजयन्तीको सन्दर्भमा आयोजित कविता वाचन कार्यक्रममा चितवन तथा नवलपुर क्षेत्रका कवि तथा कवयित्रीहरूले आ-आफ्ना कविता वाचन गर्नुभएको थियो ।

कविता वाचन गर्ने कवि तथा कवयित्रीहरूमा गोविन्दराज विनोदी, डा.नारायणप्रसाद खनाल, केदारनाथ खनाल, जगन्नाथ मिश्र, डि.आर. पोखरेल, चिरञ्जीवी दाहाल, मुना धनन्जय, उदय रेग्मी, इन्द्रराज पौडेल, कृष्णविहारी, गोमाकुमारी सुवेदी, भागवत भण्डारी, बिष्णुकुमारी पन्थी, गोकुल सापकोटा, मनोहरी पौडेल, सन्तकुमारी खनाल, इन्द्रराज भट्टराई, कलादेवी खनाल र बिष्णु सिग्देल रहेका थिए । कार्यक्रम सुरु हुनु अघि गुरुकुलका वटुकहरूद्वारा स्वस्ति वाचन समेत गरिएको थियो ।

कार्यक्रममा गैंडाकोट नगरपालिकाका प्रमुख तथा गैंडाकोट प्रज्ञाप्रतिष्ठानका कुलपति मदनभक्त अधिकारी प्रमुख अतिथि हुनुहुन्थ्यो भने विशिष्ट अतिथिका रुपमा कवि गोविन्दराज विनोदी, साहित्यकार डा.नारायणप्रसाद खनाल र डि. आर. पोखरेल हुनुहुन्थ्यो ।

संस्थाका सचिव श्यामसुन्दर पराजुलीले सञ्चालन गरेको सो कार्यक्रम धार्मिक सेवा समिति मौलाकालिका मन्दिर गैंडाकोटका अध्यक्ष शालिकराम सापकोटाको सभापतित्वमा सम्पन्न भएको थियो ।

०००
– चिरञ्जीबी दाहाल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x