साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्यौली (काव्यांश) – १

चल्छन् राज्य जहाँतहांँ भुवनमा पाकाहरूबाट नै, चल्छन् प्रौढ विवेकले हरघडी छन् धैर्यशाली यिनै, खै आक्रोश घृणा कुभाव मनमा हुन्नन् घमण्डीपना, ज्ञाता भै परिपक्व जीवन बनी गर्छन् ठुला साधना ।

Nepal Telecom ad

साठी वर्ष कटेँ खुसी छु अहिले आनन्द मान्दै छु म
चिन्ता छैन ममा प्रसन्न छु अहा ! सन्ताप चिर्दै छु म
आफू स्वस्थ रहेर स्वच्छ, सपना साकार पार्दै छु म
खाली छैन दिमाग काव्य रसमा दैनन्दिनी भुल्छु म
॥ १ ॥

गन्तीमा छु म ज्येष्ठ नागरिकको सम्मान गर्छन् यहाँ
गाडीमा पनि हुन्छ, वृद्ध जनको बस्ने व्यवस्था जहाँ
जाँदा मन्दिर फेरि स्वास्थ्यलयमा अन्यत्रका भीडमा
पर्ने छैन खडा हुने सकसको पालो कुरी बस्नमा
॥ २ ॥

भाडा छूट छ औषधी मुफतमा मिल्दा खुसी बन्दछु
सोच्ला राज्य अवश्य एक दिनता बुझ्ला भनी ठान्दछु
ठान्छन् योग्य समाजमा सबजना सुन्छन् कुरा सारका
लिन्छन् ज्ञान सिकेर अन्य जनले राम्रा सरोकारका
॥ ३ ॥

तेरो खै गृहकार्य हेर्दछु भनी थर्काउँथे शिक्षक
’भाँच्थे सिर्कनु बिग्रियो यदि भने सुम्ल्याउँथे सायद
त्यस्ता ती दिन कल्पनासरि भए त्राही थियो जो बित्यो
यो बेला कति ढुक्क मान्दछु म ता साठी पुगेर जित्यो
॥ ४ ॥

हुन्थ्यो सोच उता विवाह पटिको कन्या कुमारी कता
जुर्ला कोसित दौँतरी यदि भए वा हुन्नथ्यो सभ्यता
पुत्री पुत्रहरू हुनन् कतिजना कस्ता हुनेछन् भनी
खेल्थ्यो यो मनमा विचार बहुतै चिन्ता हट्यो त्यो पनि
॥ ५ ॥

खाई जागिर बन्न सक्तछु ठुलो भन्ने इरादा गए
गाली हाकिमको ढिलो हुन गई खाने जमाना गए
चिन्ताका दिन ती गए अब नयाँ आशा पलाए ममा
साठीको वयमा छु हर्षित म ता मौलाउने सोचमा
॥ ६ ॥

सासू या ससुरा र अन्य घरमा जेठान सालाहरू
होलान् को ससुरालमा जन अरू साली बुहारीहरू
यस्तो तर्क वितर्क छैन पछिको होला कसो के भनी
यी सारा गतिला हुँदै क्षणहरू काटेँ उज्यालो बनी
॥ ७ ॥

चल्छन् राज्य जहाँतहांँ भुवनमा पाकाहरूबाट नै
चल्छन् प्रौढ विवेकले हरघडी छन् धैर्यशाली यिनै
खै आक्रोश घृणा कुभाव मनमा हुन्नन् घमण्डीपना
ज्ञाता भै परिपक्व जीवन बनी गर्छन् ठुला साधना
॥ ८ ॥

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

कविराज घिमिरे
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

कविराज घिमिरे
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x