साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्याैली (काव्य श्रृङ्खला- ३५)

राडी कम्बलकाे छ गाैरगरिमा आतिथ्य अभ्यागत । त्यस्तै झन् लुकुनी विशेष उनका सम्भाव्य सम्मानित ।। खाँडीका कपडा घरेलु तहका पाेसाककाे मान्यता । पुस्ता अन्तरका नयाँ चरणमा गुम्दैछ सम्भाव्यता ?।।

Nepal Telecom ad

देवीप्रसाद मिश्र :

वृद्ध चिन्तनमा पुराना सामानकाे खाेजी- २

पाथी-मानु तुलाे रहेन घरमा कस्तो थियो मान्यता ।
खै मेरो कुरुवा गयाे पर कता भन्छिन् मुमाले सदा।।
बत्ती पानस थाेत्रियाे अब नयाँ बन्दैन जस्तो भयाे ।।
घण्टा शंख समस्त थन्किन गए आभा हरायो गयाे ।।१८९।।

नर्सिङ्गा सनई विशेष नगरा ट्याम्काे दमाहा अरू।
झ्याम्टा, झ्याली र ढाेलकी मुलुककाे थाम्ने सदा आबरु।।
सिङ्गो लाेक समाजका मनछुने बाजा यिनी नाैमती।
छाडे बज्न भने रहन्न सँगकाे हाम्रो कला संस्कृति।।१९० ।।

बज्ने च्याब्रुङ ढाेल डम्फु मुरली साथै अरू खैँजडी।
सारङ्गी छ, मृदङ्ग दिव्य तबला उत्तुङ्ग झन् दुन्दुभि ।।
छाेडेछन् अघि कृष्णले पनि यतै प्याराे थियो बाँसुरी ।
त्यस्तै मादलमा छ संस्कृति कला थाम्ने सादा माधुरी ।।२९१।।

चाैबन्दी फरिया नछाड दुलही झर्काे नमानीकन ।
छाेरीले पनि बुझ्नुपर्दछ कुरा संस्कार साझा धन ।।
नारीकाे फरिया हुने गहकिलो साैभाग्यकाे आँचल।
पर्दा सङ्कट द्राैपदी सरहले, मिल्ने छ, सग्लो बल।। १९२ ।।

दाैरा वा सुरुवाल काेट पटुकी टाेपी र धाेती भयाे ।
दाेचाकाे कति मान्यता अघि थियो गादाे पुरानो भयो ।।
साथै छन् परिधानभित्र बहुधा जातीय आभूषण ।
गर्दै आदर, साथ राख्न नसके गुम्ने छ आकर्षण।। १९३ ।।

राडी कम्बलकाे छ गाैरगरिमा आतिथ्य अभ्यागत ।
त्यस्तै झन् लुकुनी विशेष उनका सम्भाव्य सम्मानित ।।
खाँडीका कपडा घरेलु तहका पाेसाककाे मान्यता ।
पुस्ता अन्तरका नयाँ चरणमा गुम्दैछ सम्भाव्यता ?।।१९४।।

आँसी कर्द नफाल सिक्कल अझै गिँड्ने मुडाे बन्चरो ।
आमाको हँसिया कता छ अघिकाे झन् सम्झनामा रह्यो ।।
बाबाका, तरबार, खड्ग खुकुरी छन् विश्वमा चर्चित ।
यस्ता गाैरव दिव्य वस्तु बटुली राखाैँ सुरक्षासित ।।१९५।।

( क्रमशः)
०००
हाल- काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
बुबाका आमाका अनुभव …

बुबाका आमाका अनुभव …

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
सबै पाका मान्छे

सबै पाका मान्छे

देवीप्रसाद मिश्र
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
आमालाई पाइँन

आमालाई पाइँन

भावना न्याैपाने
बुबा

बुबा

विदुर अधिकारी
पाका तथा बालक छन् बिहाल

पाका तथा बालक छन्...

वेदप्रसाद रिजाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
पाका युवा बालक छन् बिहाल

पाका युवा बालक छन्...

चेवनचन्द्र बस्नेत
पाका युवा बालक छन् बिहाल !

पाका युवा बालक छन्...

घनश्याम रेग्मी
0
Would love your thoughts, please comment.x
()
x