साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढेसकालको थक्थकी

सधैँ रहन्न साथमा वसन्त,वैँस चक्चकी । अतीत वर्तमानमा नितान्त मान्छ थक्थकी । थला परे नि बिस्तरासँगै रहन्छ वासना । अशान्त चित्त शान्तिको उपाय हो उपासना ।

Nepal Telecom ad

विष्णुहरि पौडेल :

बुबा चिनेँ, मुमा चिनेँ, चिनेँ सबै सहोदर ।
म जन्मिएँ, यतै भुलेँ, जगत् रहेछ सुन्दर ।
अतृप्त चाहना छँदै गली गयो कलेवर ।
चिरायु को छ ? सोधनी, गरेँ मिलेन उत्तर ।१।

गरिन्छ स्वर्गका कुरा, अनेक लोक छन् अरे ।
स्वरूप के लिँदै कता पुगिन्छ आखिरी भरे ।
विकल्प क्यै सुझोस् भनी गरिन्छ साधु-सङ्गत ।
विदेह रम्दछन् कहाँ ? कता गए तथागत ?।२।

मुहार हेर्न सक्छु म, दराजमा छ दर्पण ।
निधार पढ्नु के गरी, दिँदैन भाग्य दर्शन ।
हुँदैन छट्पटी खरो, छँदा जबान यौवन ।
बुढेसकालको व्यथा हुने अरण्य रोदन ।३।

इमान बेचियो हिजो, कमाइयो निकै धन ।
मुठी गएन दानमा, भएन ध्यान, कीर्तन ।
सकिन्न लान घाटमा, न जान्छ सासको सँगै ।
नखाइयो न लाइयो, कमाइ लाखुको मकै ।४।

शरीर, चित्त छन् दुवै गुलाब झैँ सुकोमल ।
कुरा छुरा बिझे गढे बहन्छ आँसु भल्भल ।
हुरी बतास ढाल्दछन् समस्त जीणर् पीपल ।
विना सहानुभूतिले विषाद हुन्न शीतल ।५।

सधैँ रहन्न साथमा वसन्त,वैँस चक्चकी ।
अतीत वर्तमानमा नितान्त मान्छ थक्थकी ।
थला परे नि बिस्तरासँगै रहन्छ वासना ।
अशान्त चित्त शान्तिको उपाय हो उपासना ।६।

निकास छैन उम्कने न चल्छ जादु मन्तर ।
प्रयाण ब्रह्मनालको न टार्छ कण्ठ जन्तर ।
शरीर पञ्चतत्व हो, चिदात्म हो अजम्बरी ।
समुद्र राम तार्दछन्, जपौँ सदैव श्रीहरि ।७।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
गलगाँड भयो

गलगाँड भयो

विष्णुहरि पाैडेल
भोकतन्त्र

भोकतन्त्र

विष्णुहरि पाैडेल
देश बरवाद भयो

देश बरवाद भयो

विष्णुहरि पाैडेल
आधुनिक शिक्षा

आधुनिक शिक्षा

विष्णुहरि पाैडेल
आशाको आत्मदाह

आशाको आत्मदाह

विष्णुहरि पाैडेल
मूल्याङ्कन

मूल्याङ्कन

विष्णुहरि पाैडेल
बुबामा समर्पण

बुबामा समर्पण

दुर्गा रिमाल अधिकारी
वृद्धवेला

वृद्धवेला

आत्माराम न्यौपाने
0
Would love your thoughts, please comment.x
()
x