साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाबुआमा (काव्यांश १७)

ईर्ष्या डाहा हटाई शुभपथ नबढे पोल्छ टन्टा बढेर । हामी लम्कौँ क्रियामा असल पथ चुनी प्राप्तिमाला जडेर ॥ बढ्दै सायुज्य पक्रौँ शुभफल घरमा पस्छ आशा उमारी । बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ॥

Nepal Telecom ad

दीनानाथ पोख्रेल :

द्यौता, बच्चा र राजा तिनसित मनले हार मान्नेछ जान्नू ।
दोस्रा कोही भएमा वचन मनुजका बिक्दछन् सत्य ठान्नू ॥
पक्रेमा न्याय बाटो सडक सहजको खुल्छ चिन्ता पछारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ॥८१॥

बस्दा आफ्नै थलामा श्रमफल बटुली गेहमै लेउ लाग्छ ।
खोज्दै नौलो हिँडेमा मनुज अवनिमा जान यो छेउ लाग्छ ॥
लागौँ आफ्नै थलामा श्रम कृत पथमा पोख्न होऔँ तयारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ॥८२॥

छोडी सत्कर्म आफ्ना भवन वन हुने मार्ग नौलो नरोजौँ।
चुन्दै सत्कर्म पस्की मृदु फल घरमा हुल्न सन्मार्ग खोजौँ ॥
वैरी सन्ताप भाग्छन् कृत फल बटुले दिव्य आभा उमारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ॥८३॥

ईर्ष्या डाहा हटाई शुभपथ नबढे पोल्छ टन्टा बढेर ।
हामी लम्कौँ क्रियामा असल पथ चुनी प्राप्तिमाला जडेर ॥
बढ्दै सायुज्य पक्रौँ शुभफल घरमा पस्छ आशा उमारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ॥८४॥

चिन्ता वैरी लगारूँ हितमय घरमा छिर्छ ज्योत्स्ना सुनौलो।
मिल्नेछन् हर्ष सङ्ला हितपथ म बढे खुल्छ शोभा रुपौलो ॥
मिल्दा सायुज्य अग्लो नरमन सुखमा झुम्छ आशा उमारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ॥८५॥

०००
सुम्बेक, इलाम नगरपालिका वडा नं ०२, इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
माता यी पतिकी मुमा सरह नै…

माता यी पतिकी मुमा...

दीनानाथ पाेखरेल
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

दीनानाथ पाेखरेल
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x