साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गर्ने गरौँ आदर

प्यारो यो तन मक्किजान्छ घरको त्यो काठ मक्केसरि हाम्रो जीवनचक्रको गति यहाँ घुम्दै छ है फन्फनी हुन्छौँ वृद्ध समस्त त्यो समयले ,पर्दा उचाल्दा पर एकै वाक्य म भन्छु वृद्धजनका गर्ने गरौँ आदर ।

Nepal Telecom ad

विदुर अधिकारी :

जो गर्दैन दया अशक्त जनको त्यो हो कुकर्मी नर
सेवाभाव धरेर बस्न सकिए ,बन्ने धरा सुन्दर
हाम्रा वृद्ध बुबासमान जगमा को पूज्य होलान् तर
एकै वाक्य म भन्छु वृद्धजनका गर्ने गरौँ आदर
(१)

को हुन् वृद्ध अपार भव्य गहना हुन् गेहका गौरव
छैनन् वृद्ध भने समस्त घरमा बन्दैन है उत्सव
यस्ता वृद्धकनै अनादर यहाँ गर्छन् बनी निष्ठुर
एकै वाक्य म भन्छु वृद्धजनका गर्ने गरौँ आदर
(२)

पाले सन्तति सभ्य भव्यरितले माया दिई त्यो घरी
साह्रै वृद्ध भएर देह अहिले बन्दै छ घाँडोसरि
यस्ता पालक सन्त वृद्धजनको बुझ्ने यहाँ को छ र
एकै वाक्य म भन्छु वृद्धजनका गर्ने गरौँ आदर
(३)

को होलान् उपकार गर्न खटिने,ती पुत्रका खातिर
हुन् बाबा र मुमा तिनै मनदिई गर्छन् भलो आखिर
यस्ता कर्मठ वृद्ध छन् विरहमा,कल्ले यहाँ बुझ्छ र
एकै वाक्य म भन्छु वृद्धजनका गर्ने गरौँ आदर
(४)

प्यारो यो तन मक्किजान्छ घरको त्यो काठ मक्केसरि
हाम्रो जीवनचक्रको गति यहाँ घुम्दै छ है फन्फनी
हुन्छौँ वृद्ध समस्त त्यो समयले ,पर्दा उचाल्दा पर
एकै वाक्य म भन्छु वृद्धजनका गर्ने गरौँ आदर ।
(५)

०००
रामपुर, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्ध भए पनि जो जन पूज्य छ

वृद्ध भए पनि जो...

विदुर अधिकारी
लागेछ असार

लागेछ असार

विदुर अधिकारी
सासू-मुमा

सासू-मुमा

विदुर अधिकारी
वृद्ध जोडी

वृद्ध जोडी

विदुर अधिकारी
पाका युवा बालक छन् बिहाल

पाका युवा बालक छन्...

चेवनचन्द्र बस्नेत
पाका युवा बालक छन् बिहाल !

पाका युवा बालक छन्...

घनश्याम रेग्मी
मलाई लिन आऊ छोरा

मलाई लिन आऊ छोरा

भावना न्याैपाने
राखून् सद्भाव पाका परिजनबिचमा

राखून् सद्भाव पाका परिजनबिचमा

विद्या अनामिका तिवारी
0
Would love your thoughts, please comment.x
()
x