साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्धको महत्त्व र कर्तव्य

बाटो नदेख्ने जनका निमित्त बनेर राँको सबनिम्ति एक उद्बोधकर्ता जब वृद्ध बन्छ पुजिन्छ यो लोकबिसे अनन्त ।।

Nepal Telecom ad

कविराज घिमिरे :

“न सा सभा यत्र न सन्ति वृद्धा:
वृद्धा: न ते ये नवदन्ति धर्मम्
धर्मो न वै यत्र च नास्ति सत्यम्
सत्यम् न तद् यच्छलनानुविद्धम्” ।। ॐ

छैनन् जहाँ वृद्ध सभा कहिन्नन्
असत्य बोले पनि वृद्ध हुन्नन्
त्यो धर्म के काम रहन्न सत्य
त्यो सत्य मानिन्न हुँदा कुकृत्य ।। १

जेठाहरूले प्रिय कर्म गर्दा
कान्छाहरू बन्नसकेर उम्दा
रहन्न आलस्य तथा नराम्रो
भूस्वर्ग नेपाल हुनेछ हाम्रो ।। २

छ वृद्धमा धर्म भने पुकार्छन्
पाखापखेरा पनि हाँस्न थाल्छन्
छोडेर आफ्नो पन वृद्ध भागे
मासिन्छ सिद्धान्तबिसे नलागे ।। ३

कपाल कालो जसको फुलेर
ऊ वृद्ध बन्दैन अवश्य हेर
चाहिन्छ सत्पात्र विवेकशाली
हिँड्ने छ पक्कै अनि पो उकाली ।। ४

बाटो नदेख्ने जनका निमित्त
बनेर राँको सबनिम्ति एक
उद्बोधकर्ता जब वृद्ध बन्छ
पुजिन्छ यो लोकबिसे अनन्त ।। ५

०००
भक्तपुर

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
कविराज घिमिरे
कविराज घिमिरे
8 months ago

हार्दिक आभार दाजु

Nepal Telecom ad
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

कविराज घिमिरे
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

कविराज घिमिरे
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
1
0
Would love your thoughts, please comment.x
()
x