साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाँस्छन् हरबखत यी वृद्ध घरका

बसी भाेकै नाङ्गै सुखसयलकाे आस नगरी । भरी राख्छन् हाम्रो उदर दरले आदर गरी ।। विधाताका दाता सरह भरिला कार्यतहका। खुसी मान्दै हाँस्छन् हरबखत यी वृद्ध घरका ।।

Nepal Telecom ad

देवीप्रसाद मिश्र :

सदिच्छामा बग्दै विविध दुखपर्दा अभरमा ।
सदा जुट्ने गर्छन् कहर पर फाल्दै रहरमा ।।
बला आफू बन्दै,प्रतिपल थलामा अनुजका ।
खुसी मान्दै हाँस्छन् हरबखत यी वृद्ध घरका ।।१।।

सदा एकै हुन्छन् अभर-भरमा लक्ष्य उनका ।
न ता खाेज्छन् केही अनुजसितमा हार सुनका।।
दिए लिन्छन् माया मृदुमन बनाई सकलका ।
खुसी मान्दै हाँस्छन् हरबखत यी वृद्ध घरका ।।२।।

बसी भाेकै नाङ्गै सुखसयलकाे आस नगरी ।
भरी राख्छन् हाम्रो उदर दरले आदर गरी ।।
विधाताका दाता सरह भरिला कार्यतहका।
खुसी मान्दै हाँस्छन् हरबखत यी वृद्ध घरका ।।३।।

निराशामा आशा प्रतिदिन जगाई पथिकमा ।
हिँडाएका हुन्छन् अघि अघि सदा लाेकहितमा ।।
बिलासीका लाछी परपर हटाई हृदयका ।
खुसी मान्दै हाँस्छन् हरबखत यी वृद्ध घरका ।।४।।

सिकाई आस्थाका मन-वचनले जीवन कला।
चढाई छाड्ने छन् अति कठिनले शाश्वत तला ।।
अझै जान्छन् टाढा, परिजन पलामा रहरका ।।
खुसी मान्दै हाँस्छन् हरबखत यी वृद्ध घरका ।।५।।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
सबै पाका मान्छे

सबै पाका मान्छे

देवीप्रसाद मिश्र
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
घरघर जब छोरी रम्दछन् स्वर्ग हुन्छ

घरघर जब छोरी रम्दछन्...

देवीप्रसाद मिश्र
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

देवीप्रसाद मिश्र
पाकाहरूबाट सिकाैँ (४)

पाकाहरूबाट सिकाैँ (४)

घनश्याम रेग्मी
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

भगवतीप्रसाद शर्मा
हातमा हम्मर लिएर

हातमा हम्मर लिएर

भावना न्याैपाने
पाकाहरूबाट सिकाैँ (३)

पाकाहरूबाट सिकाैँ (३)

घनश्याम रेग्मी
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

दीनानाथ पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x