साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उजुरी

ती मूल्याहाहरूलाई ठेगान लाउनुपर्छ र याे काम अदालतबाट हैन तलैबाट हुनुपर्छ । अब गधाले दुलत्ती दिएर ढालिदिने र गाेरुले सिङले उधिनेर चाैरासी कटाइदिनुपर्छ यी मान्छे भइखाएका गधा र गाेरुहरूलाई ।

Nepal Telecom ad

रमेश समर्थन :

हिजै मात्र एउटा गाेरु र एउटा गधाले पशुहरूकाे सर्वाेच्च न्यायालयमा एउटा उजुरी दर्ता गराए र आजै त्यसकाे सुनाइ भयाे । दुवैलाई कठघरामा उभ्याइयाे ।
न्यायाधीश – लाै, भन तिमीहरू काम छाेडेर किन न्यायालय आयाै ?
गगाे – छिरिमान् ! मान्छेले हाम्राे घाेर अपमान गर्‍याे । काम लगाएकाे थियाे । त्याे त ठिकै थियाे तर आफ्ना कामै नगर्ने र संसद् मा सुत्ने मन्त्रीहरूलाई पनि गधा र गाेरु भन्याे । भन्नुस् त मान्छेले अह्राएका बेलामा नाइँनास्ती नगरी हलाे जाेत्ने र भारी बाेक्नेसित सुती सुती दिन बिताउने अनि आफ्नाे तलब आफै ताेक्ने नालायक मान्छेमन्त्रीमा कुनै समानता छ ? यस्ताे असमान तुलना हाम्राे अपमान हैन ? हाम्राे अपमान श्रमकाे अपमान हैन ? श्रमिकका मसिहा बनेर छिरेका भतुवाहरूले सुतेकै भरमा खाए भन्दैमा हाम्राे नाम लिएर गधा र गाेरु भन्न मिल्छ ?

न्यायाधीश – याे उजुरी त तिमीहरूले मान्छेकै न्यायालयमा पाे गर्नुपर्थ्याे ।
गाे – गरेका थियौँ छिरिमान् ! तर काेटामा परेर बल्ल बल्ल पास भएका अनि दलीय भागबन्डामा परेर समय नहुँदै बढुवा पाएकाे दले न्यायाधीशले त “तिमीहरू हाम्रा नेताकाे खाेइराे खन्ने ?” भन्दै मेरा घाँटीमा दाम्लाे र उसका दुवै खुट्टामा नेल लाइदियाे । गधा भए पनि गाेरु भए पनि हाम्रा नेता हाम्रा भगवान् हुन् भन्दै दुई दुई स्वाँठ पनि हिर्काउन लगायाे । अझ एउटाे ओकिलले त “ल, भन तिमीहरूको अन्तिम इच्छा के हाे ? कसले डलर दिएर पठाएकाे हाे ?” सम्म भन्न भ्यायाे । हामीले हाम्राे अन्तिम इच्छा न्याय हाे भन्याैँ । उसले हाम्राे व्यवस्थामा न्याय खाेज्ने यी गगाेलाई ठिँगुर्‍याएर राख भन्ने आदेश पाे दियाे । हामीले एक एक गधिनी र गाई धराैटी राखेर आएका हाैँ । न्याय चाहियाे ।

न्यायाधीश – ती मूल्याहाहरूलाई ठेगान लाउनुपर्छ र याे काम अदालतबाट हैन तलैबाट हुनुपर्छ । अब गधाले दुलत्ती दिएर ढालिदिने र गाेरुले सिङले उधिनेर चाैरासी कटाइदिनुपर्छ यी मान्छे भइखाएका गधा र गाेरुहरूलाई ।

आफ्नाे न्यायाधीशले पनि मान्छेलाई गधा र गाेरुकै उपाधि दिएपछि ती गाेरु र गधाकाे न्यायप्रति विश्वास उठ्याे ।

०००
रूपन्देही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठोकान

चार ठोकान

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
टन्टकपाले

टन्टकपाले

शेषराज भट्टराई
मानवता

मानवता

लक्ष्मी रिजाल
बोकाको बिहे

बोकाको बिहे

माधव पोखरेल गोज्याङ्ग्रे
लघुकथा

लघुकथा

रामकृष्ण ढकाल
ककटेल नेपाल

ककटेल नेपाल

चूडामणि खनाल
0
Would love your thoughts, please comment.x
()
x