साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साला-भेना (पाखुरी सुर्कासुर्की)

चिल्ला वचनका मनुवा, उभो लागून् दिनहुँ बाहिर बाहिर आकारमा, उस्तै बोटमै कुहियून् गहुँहरू । जति शान्तिको घण्टी बजे नि नसुनून् सत्ताहरू एक एक गरी रोगी हुँदै गएस् आलोचक भिनाहरू ॥

Nepal Telecom ad

देवीप्रसाद चापागाइँ :

भेना उवाच (सतापक्ष सालाउपर)

सुनिँदै जान थाले मनका कालाहरू
कुहिँदै झर्दै गए वीरका मालाहरू ।
भाँचिदै जान थाले देशभक्तका भालाहरू
सबथोक तिमीहरूकै, लौ खाओ सालाहरू ॥

दिनदहाडै चोरिँदै छन् आमाका बालाहरू
दैनिक कोतरिंदै छन् निर्धाका छालाहरू ।
जति पछि उति चिल्ला दुष्टका गालाहरू
सबथोक तिमीहरूकै, लौ ठोक सालाहरू ॥

एक एक गरी चुडिँदै छन् सत्यका तालाहरू
कुस्ती खेली सिध्यायौ पुर्खाका टालाहरू ।
बलभद्रका इतिहास बिर्सियौँ नालाहरू
सबथोक तिमीहरूकै, लौ टोक सालाहरू ॥

बर्सेनि ओइलिँदै छन् लिच्छवि कलाहरू
एकएक गर्दै घट्दै छन् धानका खलाहरू
अगति बोकेर ओर्लिंदो छ समयका पलाहरू
अरू बिर्सिए पनि देश नर्बिसिए सालाहरू ॥

बिस्तारै बेचिदै छन् सुनका डालाहरू
दूषित धुमिल बन्दै छ हाम्रा चालाहरू ।
सुस्तरी दबिंदै छन् हाम्रा गलाहरू
सबथोक तिमीहरूकै, लौ जोख सालाहरू ॥

स्वधर्म त्याग्दै छौ ध्वाँसे सालाहरू
परधर्मको माया गर्दै छौ कैले सालाहरू ।
आफ्ना ओछ्यान भिजाउँदै छौ सेता सालाहरू
हाँगोसुद्वै हुँदै छौ हुस्सु सालाहरू ॥

एकजुट हुनुपर्‍यो लौ हामी भेनाहरू
एकपछि अर्को थप सत्यका तलाहरू ।
जम्मा गरी फ्याँकिदिऊँ उतै टिलाहरू
धोती न टोपी गरी भागुन् बिग्रेका सालाहरू ॥

साला उवाच (प्रतिपक्ष भिनाउपर)

खिया लाग्दै जाऊन् सत्यका छिनाहरू
त्यत्तिकै फालिँदै जाऊन् तोरीका पिनाहरू ।
तोडिँदै जाउन् निरन्तर वीरका चिनाहरू
देशको तपाईंलाई केको चिन्ता नमस्कार भिनाहरू ॥

चौंरीगोठमा चौँरी नहोस्, रित्तै होऊन् किलाहरू
ह्याकुलो मात्र बढेको देखियोस्, सुक्दै जाऊन् फिलाहरू ।
साह्रो चीज बरु पाकोस् नपाकुन् गिलाहरू
बारम्बार आई सताइरहुन् गर्धनका पिलाहरू ॥

भकारीमा धान घटे पनि बढून् मुसाहरू
मान्छे जाबो दुब्लाउँदै जाओस् मोटाऊन् जुकाहरू ।
साइतका खस्दै झर्दै जाउन् आफन्तका टीकाहरू
दैनिक सुक्दै जाऊन् कोक्ल्याँटा भिनाहरू ॥

सिंहदरबारका कोठा भरियून् मिलेर काँचाहरू
लिच्छवि मल्लका ओइलिँदै जाऊन् ढाँचाहरू ।
नेपाली चोली र टोपीमा लौ कुदून् लिखाहरू
मुख बाउदै रुदै हिँड्न् लौ देशका भिनाहरू ॥

बिस्तारै झर्दै गरून् मिलेका दाँतहरू
खुट्टी लुलो टेक्दै जाऊन् भर्भराउँदा आँतहरू ।
किन प्रश्न ज्यास्ती गर्ने बेचियून् निर्मलाहरू
अनि पो गाँस बढी रुच्थ्यो कि होइन भिनाहरू ??

दूध पातलो हुँदै जाओस्, बाक्लिऊन् पानीहरू
स्वार्थी स्वाङी उभो लागून्, ओइलाऊन् दानीहरू ।
जताबाट पनि चोरियोस् महत्त्वपूर्ण खानीहरू
भित्रभित्र कमजोर हुँदै जाऊन् अचेलका ज्ञानीहरू ॥

चिल्ला वचनका मनुवा, उभो लागून् दिनहुँ
बाहिर बाहिर आकारमा, उस्तै बोटमै कुहियून् गहुँहरू ।
जति शान्तिको घण्टी बजे नि नसुनून् सत्ताहरू
एक एक गरी रोगी हुँदै गएस् आलोचक भिनाहरू ॥

०००
‘बड्कौँला’ हास्यव्यङ्ग्य कवितासङ्ग्रह

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
टाउकेहरूको देवाली

टाउकेहरूको देवाली

देवीप्रसाद चापागाईं
मामा ! अब हाम्रो पालो

मामा ! अब हाम्रो...

देवीप्रसाद चापागाईं
भकुण्डो र मुखुण्डोको वार्ता

भकुण्डो र मुखुण्डोको वार्ता

देवीप्रसाद चापागाईं
अपवाद

अपवाद

देवीप्रसाद चापागाईं
नेताको कुरो

नेताको कुरो

देवीप्रसाद चापागाईं
कुरा खेलाउने बानी

कुरा खेलाउने बानी

देवीप्रसाद चापागाईं
ट्राफिक जाम

ट्राफिक जाम

डा. दामाेदर पुडासैनी किशाेर
मान्छे

मान्छे

साधुराम खड्का
मानदेखि भुक्तमानसम्म

मानदेखि भुक्तमानसम्म

डा. शरद परासर मरहट्टा
दाेभानमा भेट भएपछि

दाेभानमा भेट भएपछि

डा. विप्लव ढकाल
हस्तान्तरण

हस्तान्तरण

फित्काैली डटकम
एक डोको : सम्पती विवरण

एक डोको : सम्पती...

भाेज अर्याल
0
Would love your thoughts, please comment.x
()
x