साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रक्सी कविता

साउँने भेल आउँनुपर्छ असारे चटक मनाउँनुपर्छ जथाभावी समाउँनुपर्छ कमिसनको मिसनमा लाग्नेहरू जस्तै चम्चा चलाउँनुपर्छ दुनियाँ गलाउँनुपर्छ तर दुनियाँको नजरिया म मा सेल भएन रक्सीसँग मेरो कहिल्यै मेल भएन ।

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

रक्सीसँग मेरो कहिल्यै मेल भएन
त्यस्तो कुनै खेल पनि भएन
अथवा कुनै झेल भएन
रक्सीसँग मेरो कहिल्यै मेल भएन ।

कहिले काहिँ यसो कोर्सेकोर्से परेर
अरुले थाहा नपाउँन कि जस्तो गरेर
कुनै रिमझिम होटलभित्र पस्छु
सफा टेबलमुनि बस्छु
सिसा दराजभित्र रहेका बोतलहरू हेर्छु
लामाछोटा स्वास पालैपालो फेर्छु
अन्तरङ्गमा कुनै आँट रहेन
बोतलसँग साउती मार्ने हिम्मतले सहेन
एक प्लेट चाउमिनले लाज ढाकेँ
रक्सीसँग मेरो कहिल्यै मेल भएन ।

म बेइमान हो भनेर त म लेख्दिन
रक्सी नै बेइमान भएको पनि देख्दिन
कति भलादमी छ यो रक्सी
शिशा बोतलभित्र चुपचाप बसेको छ
न ठोकाठोक छ न टोकाटोक छ
न आफैंमा प्रेसर छ न आफैंमा झोक छ
तर मान्छे जब यो बोक्छ
सस्तो सितनसँग मनग्ये धोक्छ
अनि बाहिर निस्किएर खोक्छ
सके अरुलाई नसके परिवारलाई ठोक्छ
यस्तो कहिं कतै रेल भएन
रक्सीसँग मेरो कहिल्यै मेल भएन ।

पिउँनेहरू भन्छन्
पिउँन त लाग्नेगरि प्युँनुपर्छ
जाग्नेगरि प्युँनुपर्छ
मात्नेगरि प्युँनुपर्छ
तात्नेगरि प्युँनुपर्छ
जब आँखा टेबलभरि टोलाउँछ
बोतलले दराजभित्रैबाट बोलाउँछ
कविजी यहाँ आउँनुहोस
बिस्तारै मलाई समाउँनुहोस्
अलिकति गिलासमा झार्नुहोस्
आँखा चिम्लेर स्वाट्टै पार्नुहोस्
तर मन त्यहाँ सामेल भएन
रक्सीसँग मेरो कहिल्यै मेल भएन ।

भन्नेहरूले भन्थे
मुफतको रक्सी खान र सरकारी गाडी चढ्न
भाग्यमा लेखेर ल्याउँनुपर्छ
गाई मात्रै किन र !
गोरु पनि ब्याउँनुपर्छ
एता तेता ठुला साना सबै नेता
पछिपछि धाउँनुपर्छ
स्वार्थको भजन गाउँनुपर्छ
पखेटा पलाउँनु पर्छ
इन्द्रेणी रङ्ग छर्केर आकाशभरि
साउँने भेल आउँनुपर्छ
असारे चटक मनाउँनुपर्छ
जथाभावी समाउँनुपर्छ
कमिसनको मिसनमा लाग्नेहरू जस्तै
चम्चा चलाउँनुपर्छ दुनियाँ गलाउँनुपर्छ
तर दुनियाँको नजरिया म मा सेल भएन
रक्सीसँग मेरो कहिल्यै मेल भएन ।

०००
गौरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
0
Would love your thoughts, please comment.x
()
x