साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो नेता बन्ने सपना

चारैतिर गुण्डा शास्त्र, खोल्न लगाएर मेरो आफ्नै भाषा बोली, बोल्न लगाएर । बिरोधीको खतरालाई, मोल्न लगाएर नेता बन्छु चोकमा टायर, पोल्न लगाएर ।

Nepal Telecom ad

छविलाल आचार्य :

सिंहको त्यो दर्वारमा, नाच्न पाइने भो
पुर्खौं पुर्खा पुग्ने जेथा, साँच्न पाइने भो ।
ठुलालाई च्याप्नु पर्छ, सानो मरे मर्छ
नेता बन्न थालेँ म त, जे जे पर्छ पर्छ ॥

आम्दानीको मुख्य स्रोत, कमिसन घूस
जावो भात्ता तलव त, सबै फास फूस ।
जान्नु पर्छ बाङ्गो टेडो, जे गरे नि गर्छ
नेता बन्न थालेँ म त, जे जे पर्छ पर्छ ॥

आफैँ धामी आफैँ बोक्सी, बन्ने भएँ अब
स्विजल्र्यान्ड बनाइदिन्छु, भन्ने भएँ अब ।
गाह्रो साह्रो पर्‍यो भने, त्यै बेलामा टर्ला
नेता बन्न थालेँ म त, जे जे पर्ला पर्ला ॥

श्रीमतीलाई गृहमन्त्री, अर्थमन्त्री छोरो
सालोलाई राजादूत, रिसाउँछ कि मोरो ।
वरिपरी आफ्नै आफ्ना, मान्छे रहेपछी
टिकाउनेछु कुर्सी मेरो, नेता भए पछी ॥

हाच्छ्यूँ आए विदेशमा, जान पाइने भो
शाखा सन्तान जहाज चडाई, लान पाइने भो ।
परम्परा यस्तै देखेँ, दुःख कस्ले गर्छ
नेता बन्न थालेँ म त , जे जे पर्छ पर्छ ॥

काम चोर घुसखोर, साथ लिए पछि
तस्करी र माफियालाई, छुट दिए पछि ।
देश मैले भुले पनि, कुर्सी भुल्ने छैन
जनताको कर भित्र, “तर” भुल्ने छैन ॥

चारैतिर गुण्डा शास्त्र, खोल्न लगाएर
मेरो आफ्नै भाषा बोली, बोल्न लगाएर ।
बिरोधीको खतरालाई, मोल्न लगाएर
नेता बन्छु चोकमा टायर, पोल्न लगाएर ॥

ठुलो माछो भने भनुन्, मैले जानेकै छु
जे जे गर्नु पर्छ भन्थे, मैले मानेकै छु ।
बिरोधीलाई झुट्टा आरोप, खेदो खन्नै पर्‍यो
जे जे पर्ला अब देखी, नेता बन्नै पर्‍यो ॥

०००
पोखरा १६ कास्की ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नववर्षको शुभकामना

नववर्षको शुभकामना

छविलाल आचार्य
होली

होली

छविलाल आचार्य
पर -जा -तन्त्र !

पर -जा -तन्त्र !

छविलाल आचार्य
गाँडतन्त्र

गाँडतन्त्र

छविलाल आचार्य
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x