बालबालिकालाई मोबाइलको लतबाट जोगाऔ

मेरो नेता बन्ने सपना

चारैतिर गुण्डा शास्त्र, खोल्न लगाएर मेरो आफ्नै भाषा बोली, बोल्न लगाएर । बिरोधीको खतरालाई, मोल्न लगाएर नेता बन्छु चोकमा टायर, पोल्न लगाएर ।

Nepal Telecom Spring Offer

छविलाल आचार्य :

सिंहको त्यो दर्वारमा, नाच्न पाइने भो
पुर्खौं पुर्खा पुग्ने जेथा, साँच्न पाइने भो ।
ठुलालाई च्याप्नु पर्छ, सानो मरे मर्छ
नेता बन्न थालेँ म त, जे जे पर्छ पर्छ ॥

आम्दानीको मुख्य स्रोत, कमिसन घूस
जावो भात्ता तलव त, सबै फास फूस ।
जान्नु पर्छ बाङ्गो टेडो, जे गरे नि गर्छ
नेता बन्न थालेँ म त, जे जे पर्छ पर्छ ॥

आफैँ धामी आफैँ बोक्सी, बन्ने भएँ अब
स्विजल्र्यान्ड बनाइदिन्छु, भन्ने भएँ अब ।
गाह्रो साह्रो पर्‍यो भने, त्यै बेलामा टर्ला
नेता बन्न थालेँ म त, जे जे पर्ला पर्ला ॥

श्रीमतीलाई गृहमन्त्री, अर्थमन्त्री छोरो
सालोलाई राजादूत, रिसाउँछ कि मोरो ।
वरिपरी आफ्नै आफ्ना, मान्छे रहेपछी
टिकाउनेछु कुर्सी मेरो, नेता भए पछी ॥

हाच्छ्यूँ आए विदेशमा, जान पाइने भो
शाखा सन्तान जहाज चडाई, लान पाइने भो ।
परम्परा यस्तै देखेँ, दुःख कस्ले गर्छ
नेता बन्न थालेँ म त , जे जे पर्छ पर्छ ॥

काम चोर घुसखोर, साथ लिए पछि
तस्करी र माफियालाई, छुट दिए पछि ।
देश मैले भुले पनि, कुर्सी भुल्ने छैन
जनताको कर भित्र, “तर” भुल्ने छैन ॥

चारैतिर गुण्डा शास्त्र, खोल्न लगाएर
मेरो आफ्नै भाषा बोली, बोल्न लगाएर ।
बिरोधीको खतरालाई, मोल्न लगाएर
नेता बन्छु चोकमा टायर, पोल्न लगाएर ॥

ठुलो माछो भने भनुन्, मैले जानेकै छु
जे जे गर्नु पर्छ भन्थे, मैले मानेकै छु ।
बिरोधीलाई झुट्टा आरोप, खेदो खन्नै पर्‍यो
जे जे पर्ला अब देखी, नेता बन्नै पर्‍यो ॥

०००
पोखरा १६ कास्की ।

Fitkauli Publication Books comming soon
Nepal Telecom Spring Offer
कुर्सी पुराण

कुर्सी पुराण

छविलाल आचार्य
खन्चुवा – भाग ४

खन्चुवा – भाग ४

छविलाल आचार्य
खन्चुवा  (भाग २)

खन्चुवा  (भाग २)

छविलाल आचार्य
खन्चुवा (भाग- ३)

खन्चुवा (भाग- ३)

छविलाल आचार्य
खन्चुवा

खन्चुवा

छविलाल आचार्य
हाब्रो भरूँ

हाब्रो भरूँ

होम सुवेदी
हाम्रो स्वाभिमान

हाम्रो स्वाभिमान

नदी भट्टराई
सार्वजनिक बस

सार्वजनिक बस

खगेन्द्र नेउपाने
पदवी र विभूषण नदेऊ सरकार

पदवी र विभूषण नदेऊ...

शम्भु जमरकट्टेल हेदाङ्ने