साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वर्तमान मेरो विश्व !!

पोलेर जमिन जमिनभित्रको ज्वालामुखीले अर्को निरङ्कुशता रोकेर हरितगृहका नसानसामा विषबमनको क्षारसमुद्र फैलिरहेछ वर्तमान मेरो विश्व !!

Nepal Telecom ad

कलानिधि दाहाल :

कहाली
होहल्ला
खैलाबैला
अशान्त
निरङ्कुश सिँहको
अनायास आक्रमण
हुँडारहाइनाहरूको चिच्याहट
चौतर्फ
स्यालगिध्दका चुचा उचालिएर
रगतको छिटाबाछिटामा
निरीह चीत्कार
रगतकै आहालभित्र
सिँह बाघ चितुवाको सत्ता
हरेक सीमाभित्र
आततायी गिध्दहरू
हाइनाहरू
हुँडारहरू
जिब्रा निकालेर रगतमा
नङ्ग्रा तेर्स्याएर
मृगबस्तीमा
बचेरागुँडमा
सर्वत्र हाहाकार फैलिएको
झाङ्गिएको
हुर्किएको
र फुर्किएको
यमदरबारसँग
तिखा तरबारका
बन्दुक निशानामा
नालनिशानामा
लम्पसार सुतेको छ
वर्तमान मेरो विश्व !
स्वाभिमान निचोरेर
स्वअस्तित्व थिचेर
एक थोपो रगतको लोभमा
एक परिवार
भुँडीको डकारमा
उचालेर आकाशबाट
क्षेप्यास्त्रका ज्वालाहरू
पोलेर जमिन
जमिनभित्रको ज्वालामुखीले
अर्को निरङ्कुशता
रोकेर हरितगृहका
नसानसामा
विषबमनको
क्षारसमुद्र फैलिरहेछ
वर्तमान मेरो विश्व !!

०००
कलेकुटी, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
नेता म मानूँ किन ??

नेता म मानूँ किन...

कलानिधि दाहाल
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x