साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सीमान्तकृत मान्छे

सीमान्तकृत जस्तो भएर किन बोकूँ यो नागरिकता किन पो सम्झनु यो नागरिक ....? तसर्थ बन्दी जस्तै क्वारेन्टाइनको बन्द घेरामा सहारा विहिन बन्दै श्वास भुल्न लागेको आजको मान्छे ।

Nepal Telecom ad

भीम गाैतम :

बन्दी जस्तै
क्वारेन्टाइनको बन्द घेरामा
सहारा विहीन बन्दै
श्वास भुल्न लागिरहेको
उपचार रासनपानी विहिन
सीमान्तकृत जस्तो
बन्न पुगेको मान्छे ।

घचेटाघचेट बीचको
रोग र जीवन
पल्लो बगरको किनारतिर
हुरीका झोक्का र
झरीको पिल्साईमा
अन्धकारमा विलीन
धीपधीपे दीप ।

अग्रगति बोल्ने
तर
प्रतिगमन गर्ने स्वाँठहरू
हिर्काइरहेछन्
प्रत्येक ढुकढुकीको
मध्य विन्दुमा
र त
यहाँ आँखाहरूमा
जहर भरिए
हृदय पत्थर बनिसकेछ ।
अप्रगतिशील भावना
तेजाव बन्न सहिरहेछ,
बगरको बालुवा

बादलको वेग बनेर ।

हजारौँ थप्पड सहेर
गजुर बनेको ढुङ्गोलाई
घृणाको, पीडाको बोधले
होइन
ऐश्वर्यले चुमेको हुन्छ
जहाँ,
शुभ प्रभातमै
पुष्प फूल अक्षता र
शान्तिको धून गुञ्जिँदै
परेवाहरू घुर्घुराएका हुन्छन्,
जसरी शैल गम्भीर छ
उच्च जाज्वल्यित विम्ब छ ।

अफसोच…!
सासलाई आशमा पालेर
सीमान्तकृत जस्तो भएर
किन बोकूँ यो नागरिकता
किन पो सम्झनु यो नागरिक ….?
तसर्थ
बन्दी जस्तै क्वारेन्टाइनको
बन्द घेरामा
सहारा विहिन बन्दै
श्वास भुल्न लागेको
आजको मान्छे ।

०००

२०७८/०१/२७  चितवन

प्रकाशाेन्मुख व्यङ्ग्य कवितासङ्ग्रहबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ल्वाँठहरूले

ल्वाँठहरूले

भीम गाैतम
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
घैँटे शासक

घैँटे शासक

भीम गाैतम
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x