साइबर अपराध सम्बन्धी सचेतना सामग्री

काला बर्का

खुराफाती हुने जम्मै बन्द द्वार हुँदा जन भयत्रास त्यहीँ गुम्सी कसिन्छन् अझ बन्धन ! काला बर्का सबै च्याती उक्ले जीवनका छत हुन्छन् असल आनन्द पारदर्शकका पथ !!

Nepal Telecom ad

कलानिधि दाहाल :

सर्वत्र हुन्छ आनन्द उज्यालो मन यो भए
हुन्छ पर्वत नै फाँट हिँड्ने बानी भई दिए !
अप्ठेरो हुन्न आभास सच्चा मान्छे हुने भए
सूर्य छेकिन्न हत्केली प्रकाश मनले दिए !!

ओडारमा कहाँ छिर्छ चुल्ठी किरणको परी
खोँच उर्वरमा हुन्न ढुसी मुहारको झरी !!
गुफा खोँच कहीँ हुन्न छर्लङ्ग देखिने मन
हुन्छ सर्वत्र आनन्द पारदर्शक स्पन्दन !!

गोपनीय भए सोच खोँचको हुन्छ बासना
अनेकौँ गन्धदुर्गन्ध गुम्सिन्छन् जगतिर्सना !
विनाबादल आकाश छर्लङ्ग छाँटको छत
सदावर्त छ आनन्द नभए भित्र लत्पत !!

पारिवारिक हो स्वार्थ ज्यादाका दूध उम्लिए
भौतिक रागका राना झोला गह्रुङ्गिदै गए !
म मेरो पर छन् मेरा जम्मै खाली भए मन
सदावर्त छ आनन्द खुलेमा भित्रका पन !!

कहाँ दुख्नु सबै नाङ्गो हिँडेमा दिलका पुर
टाढानजिकमा हुन्नन् चम्किए अन्तरा सुर !
झाङ्ग्रोविना कहाँ फल्छन् हरिया काँकरी यता
छर्लङ्ग देखिने थाङ्ग्रो खुला मन जतातता !!

घुमाएर गुते फेटा देखिन्नन् शिरकेश यी
लोभमोह लुके भित्र छेकिन्छन् सुरभेष यी !
मनफोहोर फालेर निस्किए राग गन्धका
हुन्छ आनन्द सर्वत्र रित्तिए भाव अन्धका !!

खुराफाती हुने जम्मै बन्द द्वार हुँदा जन
भयत्रास त्यहीँ गुम्सी कसिन्छन् अझ बन्धन !
काला बर्का सबै च्याती उक्ले जीवनका छत
हुन्छन् असल आनन्द पारदर्शकका पथ !!

यो भित्री दिलको ज्योति यही हो स्वर्गदेवता
अँध्यारो दिलको रात नारकीय हुने यता !
प्रशंसा मोह ज्यादा हो भत्किए अतिका घर
सर्वत्र हुन्छ आनन्द उज्यालो छ दिगम्बर !!

म नै होइन यो केही बुझूँ यत्ति सके जति
मेरा केही हुने हुन्नन् बुझूँ यत्ति सके जति !
यता छु म गरौँ केही बनेमा सोचका गरा
उज्यालो हुन्छ सर्वत्र दृश्य यो छ हराभरा !!

०००
कलेकुटी, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
पीडा

पीडा

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x