साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लाउके नेताको झ्वाँके दोहोरी

अब हामी दुईपट्टि भयौँ एक अर्कामा अभियोग नलगाऔँ । हाम्रो जोडी चितुवा र हुँडारको दुई तिहाई जन्तालाई ढॉट्न हो ।

Nepal Telecom ad

सुरेशकुमार भट्ट :

फेरि पनि उस्तै छ चाला, गला मिले जोड्दै छन् ती गाला ।
यी दलको बिग्रेको मति, वर्ष दिनमै हुन्छ कि दुर्गति ॥

ख- तिम्ले हाम्ले लाएको माया
दुई वर्षमै भैगयो राम छाया ।

पु- तिमी रैछौ बेसारेको खालको
कुर्ची भॉच्यौ तेसैले बेहालभो ।

ख- मैले त भनेकै थिएं नि
दुख दिए कुर्चीनै भॉच्दिनी ।

पु- एकलौटी सबै थोक गर्‍यौ
भेटे जति एकलै हसुर्‍यौ ।

ख- तिम्लाई पनि भाग नद्या हैन
सधैं किन गरेको गन गन ।

पु- दुईटै पद आफैंसँग राख्ने
एउटा माग्दा उल्टै झन् सराप्ने ।

ख- क्यान्टोन मेन्टको एकलप्टी खाने
उल्टै अझ मसँग भाग माग्ने ?

पु- गाड़ा चढी़ अम्रिका जाने
उल्टै यता मुसेको भाग खाने ?

ख- सधैंभरि किचलो गर्नेलाई
झार्छु सेखी मुसे भाग खानेलाई ।

पु- भ्रष्टाचारको नाईके चाहिं आफू
काखी किन चेपेको माफि भू ?

ख- धेरै जोरी नखोज खाम रेड
थुनाइदिन्छु लगेर जेल्मा हेग ।

पु- जाली झेली टुक्के र चटकी
भाग्नु पर्ला हात्मा लि चकटी ।

ख- फुर्ति धेरै नगरौं भो अब
मध्यावधि गराउँछु म तब ।
पु- अविश्वासको प्रस्ताव ल्याउँछौँ
प्रमलाई कुर्चीबाटै भगाउँछौँ ।

ख- ल त संसदनै भताभुङ पार्दिएँ
म प बाटै सिफारीस गर्दिएँ ।

पु- छिनका छिनमै संविधान मिचि
बैशाखमै गर्ने भयौ चुनाव कि ?

ख- हेर्दै जानु के के पो गर्दिन्छु
रिस उठाए जेलैसब भर्दिन्छु ।

पु- चुनावले बदला दिलाउँछ
जेलभरे कम्युनिष्ट सब बिलाउछ ।

ख- बजे बज्छ नबजे बॉसुरी
मत्लब छैन मासिए बॉसघारी ।

पु- तिम्रो हाम्रो पर्दैछ ईरो
मध्यावधि कागलाई हो कुईरो ।

ख- अदालतले गरेमा बदर
संकटकाल लाइदिन्छु हरर ।

पु. मौका परे हामी नि छाड्दैनौ
झेलाहाको नेत्रित्व मान्दैनौं ।

दुवै- अब हामी दुईपट्टि भयौँ
एक अर्कामा अभियोग नलगाऔँ ।

दुवै- हाम्रो जोडी चितुवा र हुँडारको
दुई तिहाई जन्तालाई ढॉट्न हो ।

दुवै- कम्निस जति शब्दमा तानातान
पर्नि भयो सकेको हानाहान ।

दर्शक श्रोता- मिलिमिली लुटेर खाकाछौ
आओस् चुनाव अब त देखाउँछौँ ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फँणा फिजाए नि तँ मेरै आहारा होस्

फँणा फिजाए नि तँ...

सुरेशकुमार भट्ट
खाने भनेको यस्तै हो हजुर

खाने भनेको यस्तै हो...

सुरेशकुमार भट्ट
निछट्टो सम्धी

निछट्टो सम्धी

सुरेशकुमार भट्ट
ए यज्ञ कैसे चलेगा ?

ए यज्ञ कैसे चलेगा...

सुरेशकुमार भट्ट
बुबा

बुबा

विदुर अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सत्ता समात्ने भए

सत्ता समात्ने भए

माधव पोखरेल गोज्याङ्ग्रे
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x