साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हिँड्ने सडक खै आज ?

पापको पगरी लाई स्वार्थप्याला पिएसरि नङ्ग्रा जीवन कोतर्ने मान्छे खराबको थरी ! धुर्त ब्वाँसो सरी देख्छु मान्छे दानवझैँ जल जम्मै सडक बाटामा उसकै लाम हल्चल !!

Nepal Telecom ad

कलानिधि दाहाल :

हिँड्ने सडक खै आज जलमग्न जमात छ
निशा काली भएजस्तै मिर्मिरेको प्रभात छ !
हिँड्थे ठम्ठम मान्छेका पाउ सडक चापमा
जम्मै सडक नै देख्छु मुर्दाका छापछापमा !!

जलाशय फुटे थाहा छैन छन् जलका घर
जीवजन्तु सबै प्राणी अर्कै हिँडाउने तर !
जो चल्न गति निस्कन्छन् नचली चल्दछन् पर
जिउँदाका सबै बस्ती बस्ती छन् लाशका घर !!

देखिदैनन् कतै बाटा छन् बाटा छाल छल्छल
कुनै जीवन नै छैनन् जलभन्दा दिने बल !
दया भनौँ कि दातव्य दावानल भनौँ कि म
आगोभन्दा चिसो लाग्छ भ्रमछाल गनौँ कि म ??

सीसमहल उत्तानो परी हिँड्छन् उता पर
झोपडी छन् कता भित्र देखिन्नन् दीनका घर !
सुरु च्याँहाँ छ आवाज करुणाकरको तर
जम्मै निर्माणका छाती जल छन् जल छर्छर !!

बिस्तारै जग कप्दै छन् बनाई चर दुर्बल
रिसाहा राक्षसी चाला चल यो छ महाबल !
धारो रोकिन्न आकाश कालो बादल घुम्दछ
यमराज घुमेझैँ छ धरा यो रीस चुम्दछ !!

जुका सिल्बिलझैँ बग्ने जलजङ्गल साथमा
पिण्डस्वरूप क्वै छैनन् देखिने गाथ गाथमा!
सलल्ल सल्ल यो सर्प जस्तै सडक सोखमा
आफैँ चुल्ठी परी बग्छ आवेग वेग झोँकमा !!

मान्छेका पुल चेपेर ढुल्मुलाउँछ ढुल्मुल
धुरी चुरीफुरी छिर्छ आवाज बाज कुल्कुल !
मत्तउन्मत्त यो भित्री बाहिरी छ छटा जल
धुवाँ सर्वत्र यो उड्छ सभ्यतामाथिको छल !!

ठगी महलको कालो ठगको जनझैँ छ यो
अङ्ग कोमलको धक्का छुराको मनझैँ छ यो !
कमलो तनमा बन्दै चिथोरी जनका मन
बोली मिठासको जिब्रो विषझैँ दिलको जन !!

पापको पगरी लाई स्वार्थप्याला पिएसरि
नङ्ग्रा जीवन कोतर्ने मान्छे खराबको थरी !
धुर्त ब्वाँसो सरी देख्छु मान्छे दानवझैँ जल
जम्मै सडक बाटामा उसकै लाम हल्चल !!

०००
कलेकुटी, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कुरूप हुन्न सुन्दर !!

कुरूप हुन्न सुन्दर !!

कलानिधि दाहाल
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x