सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

पाँच ठोक्तक

बर्बाद गर्छस् जिन्दगी किन आफैले आफैलाई डस्छस् मनको चैन र आँखाको निद जसले लुटेर लगेका हुन् उनैले आई सोध्ने गर्छन किन रातभर जाग्राम बस्छस् ।

Nepal Telecom ad

रूद्र ज्ञवाली :

१. मनलाई जोख्न नाप्न मिल्ने तराजु हुँदैन ढक हुँदैन
मन तानिने मनले हो मनलाई तान्ने चुम्बक हुँदैन
कुरा काट्दैमा पिठपछि किन प्रतिवाद प्रतिरक्षा गरूँ
स्यालजस्तै सिँह पनि हुइँया गरोस् आवश्यक हुँदैन ।

२. अस्पताल गइन्छ झारफुक या लामा धामी गरिदैन
सके राखौंला पुर्खाको नाम नसके बदनामी गरिदैन
चाकरी चाहिएको हो भने माफ गर्नु होला महाशय
भोकभोकै मरिएला तर कसैको पनि गुलामी गरिदैन ।

३. काम हेरौंला हातमा जब हँसिया र कोदालो आउँछ
दौडको गति हिसाब होला जब बाटो उकालो आउँछ
सहन्छ भन्दैमा नहेप्नुस् हजुर सहनुको पनि हद हुन्छ
हेर्दै जानुस् के हुँदो रैछ जब हाम्रोे पनि पालो आउँछ ।

४. उजाडेर बाग जिन्दगीको किन यसरी खरानी घस्छस्
बर्बाद गर्छस् जिन्दगी किन आफैले आफैलाई डस्छस्
मनको चैन र आँखाको निद जसले लुटेर लगेका हुन्
उनैले आई सोध्ने गर्छन किन रातभर जाग्राम बस्छस् ।

५. ढुङ्गालाई आगोमा ततायो भने नतिजा के हुन्छ बिचार गर्नू
आँगनमै हाप्सिलो करायो भने नतिजा के हुन्छ बिचार गर्नू
प्रतिवादमा उत्रिएन भन्दैमा नहेप्नु अन्तिम पटक म भन्दैछु
निदाएकोे शेरलाई जगायो भने नतिजा के हुन्छ बिचार गर्नू ।

०००
भैरहवा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
हड्डी

हड्डी

रुद्र ज्ञवाली
तीन ठोक्तक

तीन ठोक्तक

रुद्र ज्ञवाली
भाइ !

भाइ !

खगेन्द्र नेउपाने
भन न तिमी कहिले फर्कने ?

भन न तिमी कहिले...

कृष्णदेव रिमाल
युद्ध आतङ्क

युद्ध आतङ्क

युवराज भण्डारी
नयाँ नेपाल बन्ने भयो

नयाँ नेपाल बन्ने भयो

डिल्लीराज अर्याल
ती देशघातीले

ती देशघातीले

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x