साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच ठोक्तक

बर्बाद गर्छस् जिन्दगी किन आफैले आफैलाई डस्छस् मनको चैन र आँखाको निद जसले लुटेर लगेका हुन् उनैले आई सोध्ने गर्छन किन रातभर जाग्राम बस्छस् ।

Nepal Telecom ad

रूद्र ज्ञवाली :

१. मनलाई जोख्न नाप्न मिल्ने तराजु हुँदैन ढक हुँदैन
मन तानिने मनले हो मनलाई तान्ने चुम्बक हुँदैन
कुरा काट्दैमा पिठपछि किन प्रतिवाद प्रतिरक्षा गरूँ
स्यालजस्तै सिँह पनि हुइँया गरोस् आवश्यक हुँदैन ।

२. अस्पताल गइन्छ झारफुक या लामा धामी गरिदैन
सके राखौंला पुर्खाको नाम नसके बदनामी गरिदैन
चाकरी चाहिएको हो भने माफ गर्नु होला महाशय
भोकभोकै मरिएला तर कसैको पनि गुलामी गरिदैन ।

३. काम हेरौंला हातमा जब हँसिया र कोदालो आउँछ
दौडको गति हिसाब होला जब बाटो उकालो आउँछ
सहन्छ भन्दैमा नहेप्नुस् हजुर सहनुको पनि हद हुन्छ
हेर्दै जानुस् के हुँदो रैछ जब हाम्रोे पनि पालो आउँछ ।

४. उजाडेर बाग जिन्दगीको किन यसरी खरानी घस्छस्
बर्बाद गर्छस् जिन्दगी किन आफैले आफैलाई डस्छस्
मनको चैन र आँखाको निद जसले लुटेर लगेका हुन्
उनैले आई सोध्ने गर्छन किन रातभर जाग्राम बस्छस् ।

५. ढुङ्गालाई आगोमा ततायो भने नतिजा के हुन्छ बिचार गर्नू
आँगनमै हाप्सिलो करायो भने नतिजा के हुन्छ बिचार गर्नू
प्रतिवादमा उत्रिएन भन्दैमा नहेप्नु अन्तिम पटक म भन्दैछु
निदाएकोे शेरलाई जगायो भने नतिजा के हुन्छ बिचार गर्नू ।

०००
भैरहवा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x