
बिरामी, अस्पताल र सरकार
सरकारलाई पक्षघात हुन्छ कहिले रङ्गशालामा कहिले बालुवाटारमा घरकाले यदाकदा पालो पाए पनि अक्सर छिमेकबाटै आउँछ एम्बुलेन्स ।

युवराज भण्डारी :
अस्पताल पुग्न पालो कुर्ने बिरामीहरू
कति आफैँ सन्चो हुन्छन् कुर्दाकुर्दै
कति ढलिसक्छन् पालो नआउँदै
थुप्रै हुन्छन्- बिरामी भए पनि दबाएरै बस्ने
धेरै छन्- उपचार खर्च तिर्दा फेरि बिमार पर्ने ।
अस्पतालहरू
रोगी छन्- डाक्टरको अभावले कतै
बिरामी छन् – डाक्टर धेरै भएर कतै
मग्न छन्- शुल्क बटुल्न कतै
भग्न छन्-
मस्तिष्कहरू संयन्त्रमा बल्झिएर कतै !
सरकारलाई
पक्षघात हुन्छ कहिले रङ्गशालामा
कहिले बालुवाटारमा
घरकाले यदाकदा पालो पाए पनि
अक्सर छिमेकबाटै आउँछ एम्बुलेन्स ।
०००
अर्काे कर्नाली (२०८०)
गजब!