साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिन घुस्सा

Nepal Telecom ad

एक : शान्तिका लागि

पच्चिस सय वर्ष अगाडि
नेपालको एउटा छोरो
शान्तिका लागि
राजपाठ सबै त्यागेर
जङ्गल पसे,
मनको विकार मारे
र, बुद्ध भए ।

पच्चिस वर्ष पछाडि
तिनै नेपालका छोराहरू
शान्तिकै लागि
जङ्गल पसे
मनको विकार कति मारे थाहा छैन,
तर,
मार्नेहरूले, मार्नु मान्छे मारे,
र ती शुद्ध भए ।

दुई : हावा……

हावै नआए पनि रूखका कुनै पात
त्यत्तिकै त्यत्तिकै पनि झर्दारहेछन् ।
रोगव्याधी केही नलागे पनि मान्छे,
कोही त त्यत्तिकै त्यत्तिकै पनि मर्दारहेछन् ।
सृष्टिको विधान पनि बुझिनसक्नुको छ बाऽऽ..!
त्यही भएर पो,
काम गर्ने कालु, मकै खाने भालु भने झैँ
कामभन्दा नाम खोज्ने सधैँ अघि पर्दारहेछन् ।

तिन : हामी ठूला, राता मूला !

हामी ठूला,
बिदेशी मलले हच्किएका राता मूला,
बेला, कुबेला निक्कै सच्चिएका छौँ ।
सच्चिँदा सच्चिँदै पनि
गुट, उपगुट र स्वार्थमा लटपटिँदा
ठाउँ, कुठाउँ थप्पड खाई थच्चिएका छौँ ।
फेरि पनि क्या हो, क्या हो !?
हामी ठूला,
विदेशी मलले हच्किएका राता मूला,
भित्ते राष्ट्रपति त गए गए
भित्ते प्रधानमन्त्री हुन पनि मच्चिनु मच्चिएका छौँ ।
न्युरोड, पोखरा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
लाहुरेकाे हुर्मत

लाहुरेकाे हुर्मत

विश्व शाक्य
धर्मपुराण

धर्मपुराण

विश्व शाक्य
दुई छोटा कविता

दुई छोटा कविता

विश्व शाक्य
लाैराेकाे जात थर

लाैराेकाे जात थर

विश्व शाक्य
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
बेलाको बोली -१६१

बेलाको बोली -१६१

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली- १६०

बेलाको बोली- १६०

डा. ऋषि बस्ताकाेटी
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x