साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मधुवनीमा मैथिली कविता

Nepal Telecom ad

जेष्ठ ५, २०७३ । नेपालमा भन्दा भारतमा मैथिली भाषी समुदाय निकै ठूलो छ । मैथिली भाषामा कलम चलाउने स्रष्टाहरू पनि थुप्रै छन् । भाषा एउटै भए पनि भूगोलले छुट्याउँदा साहित्यमा के फरक हुन्छ ?

हालै प्राज्ञ रमेशरञ्जन झाले भारतको मधुवनीमा यस्तै चर्चा चलाएर फर्केका छन् । भारतीय मैथिली साहित्यकार अजित आजादको पहलमा मधुवनीमा प्राज्ञ झाको ‘एकल काव्य पाठ’ समेत गरिएको हो ।

‘सामाज र राजनीति जुन दिशामा धु्रवीकरण हुँदै जान्छ, साहित्य पनि त्यसरी नै अघि बढ्दो रहेछ,’ नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ झाले काठमाडौं फर्केपछि भने, ‘मधुवनीमा त्यस्तै बोध भयो ।’

नेपाली मैथिली साहित्यको लेखन प्रवृत्ति खोतल्ने र दुई देशीय मैथिली साहित्यको साझा तत्त्व पर्गेल्ने उद्देश्यसाथ आयोजित कार्यक्रममा झाले आफ्ना १५ वटा मैथिली कविता सुनाएका थिए । केही वर्षअघि मैथिल कविताकृति ‘रक्तवर्षा’ निकालेका रंगकर्मी झाका मैथिल भाषाकै उपन्यास ‘सङोर’, नाट्यकृति ‘डोमकछ’, ‘मूर्दा’ लगायतका पुस्तक प्रकाशित छन् ।

‘एकल काव्य पाठ’ मा भने उनले नेपाली सन्दर्भका ‘पहिकार’ ‘खेल’, ‘चुनावी सरकार’, ‘संविधानसभा’, ‘फ्रन्टलाइन’, ‘छद्मता’, ‘जंगल चरित्र’ लगायतका कविता सुनाएको बताए ।

‘भारतीय मैथिली साहित्यमा संघर्षको पक्ष कमजोर भएका कारण त्यो अपेक्षाकृत रूपमा गतिशील हुन नसकेको रहेछ,’ झाले सुनाए, ‘कार्यक्रममा उपस्थित धेरैजसो भारतीय साहित्यकारहरूले नेपाली मैथिली साहित्यमा राजनीतिक चेतना सशक्त रहेको औंल्याए ।’

भारतीय मैथिल साहित्यको धार नेपालीभन्दा अलग्गै बन्दै गएको र त्यहाँको समाजअनुरूप बढी नै धार्मिकता र नश्लीयतातिर मोडिएको झाले दाबी गरे ।

तीन दर्जन भारतीय मैथिल साहित्यकारमाझ चलाइएको छलफल र काव्य पाठमा भारततर्फबाट साहित्यकारहरू ऋषि वशिष्ठ, अजित, दिलीप झा, सतीश साजन, प्रजापति ठाकुर, रामेश्वर निशान्त, शुभकुमार वर्णलाल, सुभाष स्नेही, विनय विश्वबन्धु, सुमन, पंकज सत्यम लगायतले झाका कविता प्रवृत्तिमाथि टिप्पणी गरेका थिए ।

नेपालबाट भने रंगकर्मी राजकिशोर साहले पनि छलफलमा भाग लिएको झाले बताए ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x