साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बोकाको दाइँ

Nepal Telecom ad

दाईँ गर्नुछ गोरु छैन घरमा बोकाहरू मात्र छन्,
उग्राएर बसी मुतेर सबले बर्बाद झन् पार्दछन् ।
बोकाबाट गरेर आस यसरी बस्नै यहाँ सर्म भो,
बाख्रीका पछि लाग्नु मात्र यसको सारै ठुलो धर्म हो ।।

गाई दूध दिने बडा गजबको श्री कामधेनू थियो,
दिन्थ्यो दूध सदैव एकगतिले मन्ले चिताए पुग्यो ।
मीठो दूध र भातले कि किन हो खाने सबै मात्तिए,
बोकाका मुखमा अटेन कि कसो खान्दानले पात्तिए ।।

आफ्नै दाजु र भाइ खूब झगडा गाई कुटी गर्दछन्,
हेर्चाहा छ कता कता त डुँडको घाँसै समेत् चोर्दछन् ।
कल्चौँडो छ प्रयोजनै सब मिली बेजोडले तान्दछन्,
गाई हान्न समर्थ छैन सिंगले भन्ने कुरा जान्दछन् ।।

बाछो स्वस्थ शरीर सुन्दर थियो मारे यिनै दुष्टले,
बाछो मैहुँ भनेर तान्न मुखले थाले यिनै दुष्टले ।
हल्सारो बिचरा कठै पशु न हो के बोल्न सक्थ्यो बरा,
खाली पेट लिएर आज कसरी फूँ गर्न सक्थ्यो बरा ।।

भाले बास्छ कुयाममा प्रकृतिको निद्रा बिथोल्ने गरी,
होसै गुम्दछ मध्य रात बिचमा भूकम्प आए सरी ।
भाले यो घरको अजङ्ग कहिल्यै काटेर काटिन्न है,
मापाको छ कतै लगेर पनि यो साटेर साटिन्न है ।।

अर्को पीर छ साँधमा जखमले तल्लाघरे बस्दछ,
रातारात स्वयं लुकेर उसले आली उँभो कस्दछ ।
आफू मात्र गई भन्यो कि त त्यहाँ डाँको ठुलो गर्दछ,
राखी पञ्च कुरा गर्याे यदि भने आफैं गयल पर्दछ ।।

पाखा खेत जहाँ छ सानु घरको बारी त्यहीं पर्दछ,
बर्सेनी नपुगेर खान यतिले बेसाउनै पर्दछ ।
साहूले पनि दिन्छ एकदिन ता घर्खेत मिल्ला भनी,
भाका नाघ्छ जसै खुरुक्क त्यसले सम्पूर्ण लेला पनि ।।

बस्नै यो घर भत्किएर अहिले सप्पै भताभुङ्ग भो,
आफ्नो घरव्यवहार आज सहसा जम्मै लथालिङ्ग भो ।
बाजेले कति दुःखले श्रम गरी आर्जे म बेचूँ भने,
थामी खान बडा कठिन् हुनगयो साँच्चै नबेचूँ भने ।।

साथी हो म त पीरमा छु अहिले घर्बार यो लान्छ कि !
कोही छैन सघाउने हृदयले अस्तित्व नै जान्छ कि !
केही गर्नुछ लौ यही समय हो आऊ बचाऊ घर,
मेरा निम्ति तिमी सर्याै अघि भने बच्नेछ तिम्रो घर ।।

२०६१/०८/२५
सुरूङ्गा, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
कवि बन्न खोज्दा

कवि बन्न खोज्दा

काेमलप्रसाद पोखरेल
थेगो

थेगो

काेमलप्रसाद पोखरेल
निमित्त प्रमुख अतिथि

निमित्त प्रमुख अतिथि

काेमलप्रसाद पोखरेल
हाम्रा साँडे

हाम्रा साँडे

काेमलप्रसाद पोखरेल
महाकवि र गिनिजबुक

महाकवि र गिनिजबुक

काेमलप्रसाद पोखरेल
छिमेकीका स्वरूपहरू

छिमेकीका स्वरूपहरू

काेमलप्रसाद पोखरेल
सम्मानवाल

सम्मानवाल

हेमराज पन्त
आक्रान्त मन

आक्रान्त मन

निर्मल पराजुली
मलाई नटेर्ने ??

मलाई नटेर्ने ??

होम सुवेदी
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x