साधुराम खड्काजपि बस रामनाम
भत्ता र सत्तामा लिप्त भयौ भने
हुँदैन साथ तिमीलाई कोही दिने
लुटेरै खायौ निमुखा जनको धन
खै कसरी बुझ्ला ती साधुहरुको मन
खानसम्म खायौ नेता नाकमुखै बन्द गरी गरी
तिम्रो भलो हुन्थ्यो किन पो
लाग्छ पाप दुख्छ मुटु घरी घरी
न साथीभाइ न इष्टमित्र
चाँहिदैन तिमीलाई सत्ता बाहेक कोही पनि
बिपत् पर्दा को हुन्छ र समीपमा
जपि बस रामनाम भनी !
Subscribe
Login
0 Comments
Oldest





































