साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म किन टेरूँ ?

Nepal Telecom ad

सपना थ्यो ‘मेरी’ लाई जागिर लाइहालँे,
मिल्ने जति सक्ने जति सबै खाइहालेँ,
गुन्डाराज छोरो थियो विदेश पठाइहालेँ,
राजनीतिमा डर भएका सबैलाई ठटाइहालेँ,
म त हेर्छु भविष्यलाई अन्त किन हेरूँ ?
दुनियाका कुरा मैले अब केलाई टेरूँ ?

पाकेटखर्च चलाउनलाई संस्था खोली हालेँ,
राजनीतिलाई फट्याइँसँग चट्ट घोली हालेँ,
चुनाव जित्न जे जे सक्थेँ सबै तोडी हालेँ,
सात पुस्तालाई चाहिने जति सबै जोडी हालेँ,
म त हेर्छु आफन्तलाई अन्त किन हेरूँ ?
दुनियाका कुरा अब मैले किन टेरूँ ?

स्वदेशमा विदेशमा जता हेरौँ मित्र,
आधा दर्जन नोकरचाकर गर्छन् बाहिर भित्र,
दूतहरू छिमेकका भएगा’का छन् दाइना,
कहिले भ्रमण हिन्दूस्तानमा कहिले उत्तर चाइना,
म त हेर्छु आफ्नै भलो अन्त किन हेरूँ ?
दुनियाका कुरा अब मैले किन टेरूँ ?

यो देशलाई दाम्लो लाउने म त एउटा नायक,
मन्त्रालय ठूलाठूला हाँक्नलाई लायक,
नीति नियम संविधान देखाउने दन्त,
मुलुक डुबे मलाई के र भागी दिउँला अन्त,
म त हेर्छु सुखैसुख दुःख किन हेरूँ ?
ट्याउट्याउ गर्ने जनतालाई अब किन टेरूँ ?

ग्वालटार, सिन्धुली
हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
आफन्त र मित्रहरू

आफन्त र मित्रहरू

हरि कोर्काली
म बुढो भएकै हो

म बुढो भएकै हो

मीनप्रसाद लामिछाने
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
स्वाभिमान

स्वाभिमान

डा. श्यामप्रसाद न्यौपाने
0
Would love your thoughts, please comment.x
()
x