डा.अमर कार्कीअमेरिकाबासी महिलाहरूको तीज
डमरु नै बेचेर घुस खान पो दिएछन् बल्ल पासपोर्ट पाएर भिसा लिन गएछन् ओ, कन्सुलर ! किन भिसा नदेको हाम्रो शिवलाई ?

यसपालीको तिजमा चट्ट नयाँ साडीमा
नाच्न गाउन भनेर आको म त गाडीमा
शिव श्रेष्ठ आएछन् शिवहरि आएछन्
हाम्रो पुकार सुनेर शिवजी त आएनन्
ओ, कन्सुलर ! किन भिसा नदेको हाम्रो शिवलाई ?
परार साल तिजमा शिव तराई झरेछन्
लाम्खुट्टेले टोकेर सारै थला परेछन्
पोहर साल तिजमा पशुपति पुगेछन्
नागाहरू देखेर बाघको छाला दिएछन्
ओ, कन्सुलर ! किन भिसा नदेको हाम्रो शिवलाई ?
नाङ्गो शिव देखेर महिलाहरू भागेछन्
बहुला हो सक भनेर त्यहाँबाट खेदेछन्
त्यताबाट भागेर भिसा लिन गएछन्
पासपोर्ट चहियो भनेर सिंहदरबार धाएछन्
ओ, कन्सुलर ! किन भिसा नदेको हाम्रो शिवलाई ?
जे गरे नि भएन कसैले नी चिनेन
बाबु आमा नभै त पासपोर्ट मरे मिलेन
डमरु नै बेचेर घुस खान पो दिएछन्
बल्ल पासपोर्ट पाएर भिसा लिन गएछन्
ओ, कन्सुलर ! किन भिसा नदेको हाम्रो शिवलाई ?
नागको माला देखेर कन्सुलर नै भागेछन्
शिवजी त जागेर हिमाल तिरै लागेछन्
ओ, कन्सुलर ! देऊ है भिसा आर्को तिजमा हाम्रो शिवलाई ।
०००
ठेचो, ललितपुर
हालः फ्लोरिडा अमेरिका
Subscribe
Login
0 Comments
Oldest






































