साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जनताको बुइ चढेर

ओठमा उखानको भकारी छ खाने र बस्ने सर्कारी छ रेलको सपना बाँडेर जनताको बुद्धि फाँडेर (जुदाउनु जुदायौ बाबै जुदाउनु जुदायौ)२

Nepal Telecom ad

गाेपेन्द्रप्रसाद रिजाल  :

प्याराेडी

(देउराली उकाली चढेरको भाकामा )

जनताको बुइ चढेर
ढाँटेर चुनाव लडेर
बाघ बनेर पसेथ्यौ
(बिरालो बन्दै खसेछौ)२

पर्नु पिर पर्यो तिम्लाइ
कुर्सीमा झिर पर्यो
(तिम्लाइ कुर्सीमा झिर पर्यो)२

लाशमा बास बसेर
जङ्गलमा हामी डुलेथ्यौँ
भुटुङ्टुङ् गोली पड्काइ
(जाती र धर्म हुलेथ्यौँ)२
अब त तिम्रो पाँचतले घर
पार्किङ्ग्मा देख्छु पजेरो कार
लुट्नु लुटेछौ कम्रेड
ढुकुटी भुटेछौ ।

जोतिषिलाइ खारेर
चिट्ठामा कुर्सी पारेर
मुखमा भोला हाले जस्तो छ
जहानलाइ कमिशन सस्तो छ
तिम्रो त बुद्धि मोटो छ
सोच्ने शक्ति छोटो छ
(गर्नु गर्या छौ ढेउबा
चेपुवामा पर्या छौ)२

ओठमा उखानको भकारी छ
खाने र बस्ने सर्कारी छ
रेलको सपना बाँडेर
जनताको बुद्धि फाँडेर
(जुदाउनु जुदायौ बाबै
जुदाउनु जुदायौ)२

अब त आउँदो भोटमा
तिम्रो बास हुन्छ गोठमा
(आजै बिदा लेउ
नत्र लाग्ने छौ तिमी छेउ)२

जनताको बुइ चढेर
ढाँटेर चुनाव लडेर । २

०००
मैतीदेवी, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
कालो कोट

कालो कोट

गाेपेन्द्रप्रसाद रिजाल
चटनी

चटनी

गाेपेन्द्रप्रसाद रिजाल
स्वार्थ

स्वार्थ

गाेपेन्द्रप्रसाद रिजाल
फुलमन्त्रीले रक्सी छाड्यो रे…

फुलमन्त्रीले रक्सी छाड्यो रे…

गाेपेन्द्रप्रसाद रिजाल
पुरोहित बाको टुपी

पुरोहित बाको टुपी

गाेपेन्द्रप्रसाद रिजाल
खुकुरीः अहिंसा र टोपी

खुकुरीः अहिंसा र टोपी

गाेपेन्द्रप्रसाद रिजाल
जय कुर्सी देवा !

जय कुर्सी देवा !

नन्दलाल आचार्य
कुर्सी-शरणम् गच्छामि

कुर्सी-शरणम् गच्छामि

नन्दलाल आचार्य
मौसमी भमरा र जनताको आँगन

मौसमी भमरा र जनताको...

नन्दलाल आचार्य
बेहालको जात्रैमात्र

बेहालको जात्रैमात्र

अशोककुमार शिवा
जहाँ छन् गिद्धका आँखा

जहाँ छन् गिद्धका आँखा

डा. बमबहादुर जिताली
राष्ट्रिय गीत

राष्ट्रिय गीत

होम सुवेदी
0
Would love your thoughts, please comment.x
()
x