साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बा ! (काव्यांश-४)

कस्दै पेट गरे अनेक कटिला सत्कर्म सञ्चालन । हाम्रै वृद्धि विकासमा मन दिई खट्दै गरे पालन ॥ आफू रिक्त गए सबै चिज रहे जेजे थिए आर्जन । मान्छे योग्य बनून् भनेर हितका शिक्षा दिए कञ्चन ॥

Nepal Telecom ad

दीनानाथ पोख्रेल  :

बाबा दिव्य विचार सागर सरी स्रष्टा उषा ज्ञान हुन् ।
सङ्ला साहस भर्न खप्पिस बडा उम्दा प्रभा सान हुन् ॥
बाबा ढाडस हुन् विशाल बलका सत्कर्म शिक्षा गुरु ।
बाबा साथ रहून् सुकृत्य पथमा चाहिन्न दोस्रो बरु ॥२६॥

बाबा चिन्तक चेतशक्ति भवका सायुज्यका सर्जक ।
बाबा सद्गुण वृद्धिका डगरका हुन् दिव्यताका रथ ॥
बाबा दिव्य उदात्त भाव पथका हुन् योग्य छोपिन्छ र ?
पर्दा कष्ट डटी हटाउन निको सद्ज्ञान को दिन्छ र ?२७॥

सारा सृष्टि सुमार्ग चिन्मय कला सद्भ्रान्तिका सर्जक ।
खम्बातुल्य बनाउने हृदयका सामर्थ्यका वर्धक ॥
काला रुग्ण विकारका रिपु बडा आचारका रक्षक ।
शिक्षा छन् नमुना अनेक भवमा फ्याँक्छन् हियाका धक ॥२८॥

बाबा साथ हुँदा सबै चिज थियो आनन्द लिन्थ्यो मन।
बाबा दूर भए दुखी हृदय यो झन् रुग्ण भो चिन्तन ॥
बाबा कर्म सिकाउँथे सहजले बित्थे खुसीले दिन ।
बाबा सीप सीकाउँथे कुशलता बढ्थे जुटेका छिन ॥२९॥

इच्छा लाग्दछ जे खुले शुभ कुरा मिल्थे थलामै सब ।
त्यस्तो दिव्य खुसी जुटे पनि सधैँ पाइन्छ कैले अब ॥
कर्मी उर्वर भाव होस् मगजमा छोरा टिपून् ज्ञान यो ।
उम्दा ज्ञान सुझाउँथे सुख थियो लेखा सही कामको ॥३०॥

घोटी हाड गरे सुकर्म बहुतै सन्तानका खातिर ।
आफू रिक्त रही निरन्तर खटे हामी गुनी आखिर ॥
आफ्नो रक्त बनेर बग्छ पसिना पानी सरी तर्तरी ।
मात्रै सन्तति हाँस्नुपर्छ दिलका बाबा दयाला हरि ॥३१॥

हाम्रै खातिर वस्त्र जीणर् तनमा ढाकेर बाँचे तर ।
छाडी दूर गए स्वयम् पर भए रित्तै छ ऐले घर ॥
माया सन्ततिको लिने हृदय त्यो छाडेर टाढा हुँदा ।
छाती दुख्दछ वा विशाल बह छन् हामी धरामा रुँदा ॥३२॥

कस्दै पेट गरे अनेक कटिला सत्कर्म सञ्चालन ।
हाम्रै वृद्धि विकासमा मन दिई खट्दै गरे पालन ॥
आफू रिक्त गए सबै चिज रहे जेजे थिए आर्जन ।
मान्छे योग्य बनून् भनेर हितका शिक्षा दिए कञ्चन ॥३३॥

आफ्ना जीणर् लुगा हिफाजत गरे सन्तान लाऊन् नयाँ ।
आफ्नो भोक नगन्य भो हरघडी सन्तान खाऊन् नयाँ ॥
भारी कर्म गरे स्वयम् बल गरी सन्तान गल्छन् बुझी ।
अग्लो आदर योग्य हुन् जनक ता भन्छन् हियाका सुधी॥३४॥

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
माता यी पतिकी मुमा सरह नै…

माता यी पतिकी मुमा...

दीनानाथ पाेखरेल
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

दीनानाथ पाेखरेल
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x